शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३
इन्जिन भाडामा कमिसनको खेल

इन्जिन मर्मतका लागि एमआरओ छनोट नहुँदा निगमको न्यारोबडी 'लुम्बिनी' फेरि ग्राउन्डेड

सोमबार, साउन १ २०८०
इन्जिन मर्मतका लागि एमआरओ छनोट नहुँदा निगमको न्यारोबडी 'लुम्बिनी' फेरि ग्राउन्डेड

काठमाडौं- नेपाल वायुसेवा निगम व्यवस्थापनको लापरबाहीका कारण न्यारोबडी जहाज 'लुम्बिनी' फेरि ग्राउन्डेड हुने भएको छ। उक्त जहाज अब कहिलेदेखि उडानमा आउँछ भन्ने यकिन छैन।

निगम स्रोतका अनुसार उक्त जहाज उडान गर्ने भए कि त इन्जिन भाडामा लिनुपर्ने छ कि त २ महिनाभन्दा बढी ग्राउन्डेड हुने छ। ९ एन एके-एक्स जहाज अब इन्जिन मर्मत नगरेसम्म उडान नहुने भन्दै निगमले विज्ञप्ती जारी गरेको छ।

उक्त जहाज अब ४ साइकलभन्दा बढी उडान गर्न नमिल्ने गरी ग्राउन्डेड भएको छ। जहाजको इन्जिन मर्मतका लागि निगम व्यवस्थापनले एमआरओ छनोट गरेको छैन। एमआरओ छनोटको लागि टेन्डर भने भएको छ। टेन्डरबाट कम्पनी छनोट भएपछि इन्जिन मर्मतमा पठाइने निगमले जनाएको छ। यो प्रक्रिया पूरा गरेर इन्जिन मर्मत गर्ने हो भने जहाज दुई महिनाभन्दा बढी ग्राउन्डेड हुने निश्चित भएको छ।

एकैपटक दुईवटै न्यारोबडी ग्राउन्डेड भएको थियो। त्यसमध्ये ९ एन एकेडब्लु भने सोमबार रातिबाट उडानमा आउने निगमले जनाएको छ। यो जहाजमा पनि २०२२ को मार्चदेखि भाडामा लिएको इन्जिन नै प्रयोग भइरहेको छ। फेरि अर्को न्यारोबडी जहाज ९ एन एके-एक्सको इन्जिनमा समस्या आएको हो।

इन्जिन मर्मतका लागि समयमै एमआरओ छनोट नगर्नुका पछाडि इन्जिन भाडामा लिँदै कमिसन खाने खेल भएको देखिन्छ। निगम कार्यकारी अध्यक्षले २०२२ मार्चदेखि एउटा इन्जिन भाडामा लिएर कमिसन खाँदै आएका छन्। फेरि ९ एनएके-एक्समा पनि इन्जिन भाडामा लिनुको विकल्प छैन। 

निगमको एउटा इन्जिन अहिले जर्मनमा मर्मत भइरहेको छ। यो इन्जिन जुलाइमा आउनु पर्ने भएपनि आएको छैन। अहिले अगष्टभित्र इन्जिन आउने बताइएको छ। निगमले अब भाडामा लिएको इन्जिनको समय बढाएर अगष्टमा इन्जिन मर्मत भएर आएपछि अहिले ग्राउन्डेड भएको जहाजमा प्रयोग गर्ने खेलसमेत सुरु भएको छ। इन्जिन भाडामा लिने खेलकै कारण एमआरओ समेत छनोटमा ढिलाइ भएको छ। 

फेरि ४५ दिन इन्जिन भाडामा लिने प्रस्ताव आएपछि निगम व्यवस्थापनसँग सञ्चालकहरूको प्रश्न - 'अन्डरटेबल' पैसा त गएको छैन? फेरि ४५ दिन इन्जिन भाडामा लिने प्रस्ताव आएपछि निगम व्यवस्थापनसँग सञ्चालकहरूको प्रश्न - 'अन्डरटेबल' पैसा त गएको छैन?


प्रकाशित : सोमबार, साउन १ २०८००९:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend