शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

किसानलाई अनुदानमा आलुको बिउ

बुधबार, कात्तिक २४ २०७८
किसानलाई अनुदानमा आलुको बिउ

नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले आलुको बिउ वितरण गर्ने निर्णय गरेको हो। 

तनहुँ- तनहुँको व्यास नगरपालिकाले कृषकलाई अनुदानमा आलुको बिउ वितरण गर्ने भएको छ। नगरपालिकालाई आलुमा आत्मनिर्भर गराउने ध्येयले बिउ वितरण गर्न लागिएको हो। 

कृषकको मागअनुसार आलुको बिउ तत्काल खरिद गरी ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन सम्बन्धित शाखालाई निर्देशन दिने निर्णय भएको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले आलुको बिउ वितरण गर्ने निर्णय गरेको हो। 

नगरपालिकाले गत वर्ष जिल्लाका विभिन्न कृषक समूहलाई साढे ९ टन आलुको बिउ वितरण गरेको थियो। नगरपालिकामा करिब ६ सय रोपनी क्षेत्रफलमा आलुखेती हुने गरेको छ। आलुमा अनुदान दिन थालिएपछि यहाँका कृषक यसतर्फ आकर्षित हुँदै गइरहेका छन्। 

विगत तीन वर्षको व्यवसाय कर उठाउन बाँकी देखिएकाले आगामी पुस मसान्तभित्र व्यवसाय कर बुझाउने व्यवसायीको आव २०७६÷७७ को व्यवसाय कर छुट दिने निर्णय भएको नगरपालिकाले जनाएको छ। रासस


प्रकाशित : बुधबार, कात्तिक २४ २०७८०५:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend