शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बिलासिता,वैदेशिक पर्यटन र वैदेशिक रोजगार सेवा शुल्क आजदेखि कार्यान्वयनमा जाने

सोमबार, साउन १ २०८०
बिलासिता,वैदेशिक पर्यटन र वैदेशिक रोजगार सेवा शुल्क आजदेखि कार्यान्वयनमा जाने

काठमाडौं- चालु आर्थिकको बजेट भाषण र आर्थिक ऐन २०८० मा गरिएको व्यवस्था अनुसार बिलासिता,वैदेशिक पर्यटन र वैदेशिक रोजगार सेवा शुल्क आजदेखि लागु हुने भएको छ।

३ विषयको शुल्क कार्यान्वयनका लागि भन्दै आन्तरिक राजस्व विभागले सूचना समेत जारी गरेको छ। 

सरकारले वैदेशिक पर्यटनमा ५ प्रतिशत र वैदेशिक रोजगारीको हकमा प्रतिकामदार १ प्रतिशत प्रतिशत सेवा शुल्क लिने घोषणा गरेको थियो। 

यसैगरी पाँच तारे होटलको सेवामा २ प्रतिशत बिलासिता कर लिइने भएको छ। यसैगरी सरकारले सुन चाँदीमा समेत बिलासिता कर शुल्क लगाएको छ।  


प्रकाशित : सोमबार, साउन १ २०८००२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend