शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

भैरहवाका लागि उडेका यती र बुद्धका जहाज मौसमका कारण अवतरणका लागि काठमाडौं फर्किदै

शुक्रबार, असार २९ २०८०
भैरहवाका लागि उडेका यती र बुद्धका जहाज मौसमका कारण अवतरणका लागि काठमाडौं फर्किदै

काठमाडौं- भैरहवाका लागि उडेका यति र बुद्धका जहाज मौसमका कारण काठमाडौं नै फर्किएका छन्। काठमाडौंबाट भैरहवाका लागि उडान भरेको बुद्ध एयरको जहाज भैरहवाको आकाशमा नै पुगेपछि अवतरणका लागि काठमाडौं नै फर्किरहेको छ।

यसैगरी काठमाडौंबाट भैरहवाका लागि उडेको यती एयरको जहाज पनि बीचबाट नै काठमाडौं फर्किएको छ।

मौसमका कारण भैरहवा विमानस्थल बन्द भएको छ। जसका कारण  जहाज काठमाडौं नै फर्किएको  त्रिभुवन विमानस्थल टावरले जनाएको छ।

पोखरा ३ वटा, भैरहवा २ वटा तुम्लिङटारको उडानसमेत रद्ध भएको बुद्ध एयरले जनाएको छ।


प्रकाशित : शुक्रबार, असार २९ २०८०१४:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend