शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुको भेट

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २९ २०८०
कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुको भेट

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले शिष्टाचार भेट गरेका छन्। 

एक दिने नेपाल भम्रणका लागि आज यहाँ आइपुगेका सहायक विदेशमन्त्री लुले सभापति देउवासँग उनकै निवासमा भेटवार्ता गरेका हुन्। सभापति देउवाले लुसँग नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल गरेको उनको सचिवालयले जनाएको छ। 

सो अवसरमा सभापति देउवाले नेपालको शान्ति, प्रजातन्त्र र विकास प्रवर्द्धनमा अमेरिकाको अटल सहयोग रहिआएकोमा आभार व्यक्त गरे। सहायक विदेशमन्त्री लुले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्नेछन्। 


प्रकाशित : शुक्रबार, असार २९ २०८०१२:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend