शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सत्तारुढ दलभित्र एमसीसीबारे मतभेद कायमै, माओवादीले फेरि भन्यो- यथावस्थामै पारित हुँदैन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक २३ २०७८
सत्तारुढ दलभित्र एमसीसीबारे मतभेद कायमै, माओवादीले फेरि भन्यो- यथावस्थामै पारित हुँदैन

आज काठमाडौंमा बसेको माओवादी केन्द्रको बैठकले अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नहुने अडान दोहोर्‍याएको छ। 

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी जसरी पनि पारित हुने बताइरहेकै बेला प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एमसीसी अहिलेकै अवस्थामा पारित नहुने बताएको छ। 

आज काठमाडौंमा बसेको माओवादी केन्द्रको बैठकले अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नहुने अडान दोहोर्‍याएको छ। 

एमसीसीमा आपत्तिजनक व्यवस्था भएको र परिमार्जन नभइ कुनैपनि हालतमा पारित गर्न नहुने बारे बैठकमा एकमत रहेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। 

'एमसीसीको विषयमा बाहिर जुन कन्फ्युजन भएको छ, हाम्रो पार्टी केही कुरा राष्ट्रिय सहमति कायम नभइकन, केही संशोधन, परिमार्जन नभइकन अगाडी नबढाउने भन्ने कुरा भएको छ। एमसीसीको कतिपय कुराहरू आपत्तिजनक छन् । केही कुरा परिमार्जन नभइकन र राष्ट्रिय सहमती, सबै दलको सहमत नभइकन अगाडी बढ्दैन' महराले भने। 

प्रधानमन्त्री देउवाले केही समय अघि एमसीसी पारित गर्नका लागि माओवादी अध्यक्ष र आफू सहमत भएको र सोही व्यहोरेको पत्र एमसीसी मुख्यालयमा पत्राचार गरिएको बताएका थिए। 

एमसीसीका बारेमा सत्तारुढ दलभित्रै एकमत छैन। सरकारको नेतृत्वकर्ता नेपाली काँग्रेस पारित गर्नुपर्ने पक्षमा पहिलेदेखि नै अडिग छ। सत्तासाझेदार दल माओवादी केन्द्र र नेकपा समाजवादी पारित गर्न नहुने पक्षमा छन्। 


प्रकाशित : मंगलबार, कात्तिक २३ २०७८१२:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend