शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

दोधारा चाँदनीको कञ्जभोज जोड्न जोगबुढा नदीमा पक्की पुल

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक २३ २०७८
दोधारा चाँदनीको कञ्जभोज जोड्न जोगबुढा नदीमा पक्की पुल

कञ्चनपुर- दोधारा चाँदनी नगरपालिका-७ कञ्जभोजको जोगबुढा नदीमा पक्की पुल निर्माण पूरा भएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का प्रक्रियाद्वारा पुल निर्माण गरेको हो। मित्र निर्माण सेवाले १६ करोड रुपैयाँ लागतमा पुल निर्माण गरेको छ। चार वर्ष लगाएर निर्माण गरिएको पुलको लम्बाइ १७१ मिटर छ।

पुल निर्माण नहुँदा यस क्षेत्रका बासिन्दाले निकै सास्ती खेप्दै आएका थिए। नदी तर्नका लागि बनाइएको झोलुङ्गे पुल जीर्ण हुँदा जोखिम मोलेर स्थानीय बासिन्दाले नदी वारपार गर्दै आएका थिए। नदीमा पक्की पुल निर्माण भएपछि सहजरूपमा आजतजावत गर्न सकिने भएको वडाध्यक्ष ज्ञानेन्द्र बहेकले बताए।

'पुल निर्माणले बालबालिकालाई नजिकैको विद्यालय र बजार जानका लागि सजिलो भएको छ', उनले भने, 'गाउँका बासिन्दा बिरामी परे एम्बुलेन्ससमेत ल्याउन सकिने अवस्था थिएन। पुल निर्माणले घरसम्मै एम्बुलेन्स र अन्य सवारीसाधन आउजाउ गर्न सक्छन।'

उgका अनुसार कञ्जभोज पुल निर्माणले नगरपालिकाका अन्य वडासँगको सडक सञ्जालसमेत जोडिएको छ। कञ्जभोज गाउँ भारतीय सीमासँगै जोडिएको छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक २३ २०७८१२:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend