शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

हेलिकप्टरका लागि नयाँ नियम : उडानको सुरू गन्तव्यमा नफर्की बीचबाटै अन्य गन्तव्यमा जान नपाइने

उद्धार उडानको अनुमति अब एयर ट्रान्सपोर्ट डिपार्टमेन्टबाट

बुधबार, असार २७ २०८०
हेलिकप्टरका लागि नयाँ नियम : उडानको सुरू गन्तव्यमा नफर्की बीचबाटै अन्य गन्तव्यमा जान नपाइने

काठमाडौं- उडानलाई सुरक्षित बनाउन भन्दै नेपाल नागरिक उड्डयन प्राधिरकणले हेलिकप्टरहरूले उडानको सुरू गन्तव्यमा नफर्की बीचबाटै अन्य गन्तव्यमा जान नपाउने नियम लगाएको छ।

प्राधिरकणले हेलिकप्टरहरू एउटा गन्तव्यबाट उडान गरेर गएपछि त्यही गन्तव्यमा फर्केर मात्रै अन्य गन्तव्यमा जान पाउने निर्णय गरेको छ। जस्तो कि सोलुखुम्बुको लुक्लाबाट उडेर फागदिङ गएको हेलिकप्टरले त्यहीँबाट पुन: लुक्लामा नफर्की अर्को गन्तव्यको उडानमा जान पाउने छैनन्। उक्त हेलिकप्टर नयाँ गन्तव्यमा जान परेमा पुन: उडान सुरू भएको लुक्लामा नै आउनुपर्ने छ। 

प्राधिकरणले बिहान एक ठाउँबाट उडान गरेका हेलिकप्टर दिनभरी आफूखुसी उडान गरेर बेलुका मात्रै गन्तव्यमा आउने गरेको पाइएको भन्दै यस्तो निर्णय गरेको हो। प्राधिकरणले दिनभरी टावरसँग समेत सम्पर्क नगरी उडान गर्ने प्रवृति बढेको भन्दै यस्तो निर्णय गरेको जनाएको छ।

यस्तै प्राधिरकणले उद्धार उडानमा दिँदै आएको अनुमति प्रणालीमा परिमार्जन गर्ने निर्णय गरेको छ। प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिँदै आएको उद्धार उडानको अनुमति सेप्टेम्बरसम्मका लागि एयर ट्रान्सपोर्ट डिपार्टमेन्टबाट मात्रै जारी गर्ने निर्णय गरेको छ।

प्राधिकरणको एभिएसन सेफ्टी एण्ड सेक्युरिटी रेगुलेसन निर्देशनालयबाट उद्धार उडानको अनुमति जारी गर्ने र जसको हरेक एक सातामा रिभ्यू गर्ने निर्णय गरेको हो।

 


प्रकाशित : बुधबार, असार २७ २०८०१३:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend