आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराज ११:११ मा १५ प्रतिशत छुट 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक २३ २०७८
images
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराज  ११:११ मा १५ प्रतिशत छुट 
images
images

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशत छुट पाउने भएका छन्।

images
images
images

यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर महिनाको ११ तारिखमा दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ प्रतिशत छुट पाउनेछन्। 

images
images

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा ३ हजार रुपैयाँ सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत ३ हजार ५ सय रुपैयाँसम्म छुट पाउनेछन् । 

images
images

ग्लोबल आइएमई बैंकले ७६ जिल्लामा बैंकको २ सय ८६ शाखा, २ सय ५२ एटीएम, २ सय ६२ शाखा रहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८ सय५० सेवा केन्द्रबाट २७ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।


प्रकाशित : मंगलबार, कात्तिक २३ २०७८११:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend