शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मनाङ एयरको हेलिकप्टर दुर्घटना : सहसचिव लामिछानेको नेतृत्वमा जाँचबुझ आयोग गठन

मंगलबार, असार २६ २०८०
मनाङ एयरको हेलिकप्टर दुर्घटना : सहसचिव लामिछानेको नेतृत्वमा जाँचबुझ आयोग गठन

हेलिकप्टर दुर्घटनामा पाँच मेक्सिकन नागरिक र क्याप्टेन चेतबहादुर गुरुङको मृत्यु भएको छ।

काठमाडौं- सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन-एएमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनाका विषयमा सरकारले जाँचबुझ आयोग गठन गरेको छ। 

मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा आयोग गठन गरिएको सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। 

हेलिकप्टर दुर्घटनामा पाँच मेक्सिकन नागरिक र क्याप्टेन चेतबहादुर गुरुङको ज्यान गएको छ। मेक्सिकन नागरिकहरू सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका थिए। दुर्घटनामा ज्यान गुमाएका ६ जनाकै शव पाेष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ। 


प्रकाशित : मंगलबार, असार २६ २०८०१३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend