शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

उडेको ८ मिनेटमा इनरुट मौसम बिग्रिएपछि अवतरणको खोजी गर्दागर्दै मनाङ एयरको हेलिकप्टर दुर्घटना

मंगलबार, असार २६ २०८०
उडेको ८ मिनेटमा इनरुट मौसम बिग्रिएपछि अवतरणको खोजी गर्दागर्दै मनाङ एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं- सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन-एएमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा क्याप्टेनसहित ६ जनाकै शव फेला परिसकेको छ। हेलिकप्टर पाइलट चेतबहादुर गुरुङले उडान भरेका थिए। पाँचजना यात्रुहरू सबै मेक्सिकन नागरिक हुन्। 

मंगलबार बिहान १० बजेर ५ मिनेट जाँदा काठमाडाैंका लागि उडेको हेलिकप्टर १० बजेर १३ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो। सम्पर्कविहीन हुनुभन्दा अगाडि क्याप्टेन गुरुङले लुक्ला टावरका इन्चार्जसँग भाइबरमा सम्पर्क गर्दै इनरुट मौसम बिग्रिएपछि अवतरण गराउन स्थान खोजेको जानकारी गराएका थिए। तर त्यसपछि टावरबाट पटक पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन। कुहिराे लागेकाेले हेलिकप्टर रुख वा डाँडामा ठाेक्किएको अनुमान गरिएकाे छ। 

heli manang accident.jpg

सम्पर्कविहीन भएको ३ घण्टापछि हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा लिखु पिके गाउँपालिका वडा नम्बर ५ मा पर्ने लामाजुरा भन्ने ठाउँमा भेटिएको हो। दुर्घटना भएको हेलिकप्टर स्थानीयले देखेपछि प्रहरी र गाँउपालिका अध्यक्षलाई जानकारी गराएका थिए। उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरीसहित अल्टिच्युट एयरको हेलिकप्टर प्रयोग भएको छ। शवको पहिचान हुन बाँकी रहेको छ। अबको केहीबेरमा सबै शव काठमाडौं ल्याउने तयारी उद्धार टोलीले गरेको छ। 

पाइलट क्याप्टेन चेत गुरुङ रहेका थिए भने यात्रुहरूमा मेक्सिकन नागरिकहरू सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका थिए।


प्रकाशित : मंगलबार, असार २६ २०८००८:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend