शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

अब नेपालमा एसेम्बल हुने मोटरसाइकल र स्कुटरको गुणस्तर परीक्षण हुने

मंगलबार, कात्तिक २३ २०७८
अब नेपालमा एसेम्बल हुने मोटरसाइकल र स्कुटरको गुणस्तर परीक्षण हुने

गुणस्तरको विषयमा प्रश्न उठेपछि सरकारले नेपालमै उत्पादन हुने मोटरसाइकल र स्कुटरको गुणस्तर परीक्षण गर्ने निर्णय गरेको छ।

काठमाडौं- नेपालमा एसेम्बल उद्योग सञ्चालन गरी मोटरसाइकल/स्कुटर उत्पादनमा व्यवसायीले लगानी बढाइरहेका छन्। केही कम्पनीले अहिले नै नेपालमा एसेम्बल उद्योग सञ्चालन गरी मोटरसाइकल/स्कुटर उत्पादन गर्दै आएका छन्।

तर नेपालमै उत्पादन हुने मोटरसाइकल र स्कुटरको गुणस्तरमा बारम्बार प्रश्न उठ्न थालेको छ। उत्पादन गर्ने कम्पनीहरुले पनि बढी नाफा आर्जनका लागि गुणस्तर खासै चासो दिएका छैनन्। जसको मारमा उपभोक्ता परिरहेका छन्। 

गुणस्तरको विषयमा प्रश्न उठेपछि सरकारले नेपालमै उत्पादन हुने मोटरसाइकल र स्कुटरको गुणस्तर परीक्षण गर्ने निर्णय गरेको छ।

उद्योग विभागले नेपालको एसेम्बल उद्योगबाट बनेका मोटरसाइकल र स्कुटरको गुणस्तर परीक्षण गर्ने गरी नयाँ व्यवस्था गर्ने निर्णय गरेको हो।

वातावरण विभाग, यातायात व्यवस्था विभाग, उद्योग विभागलगायत सरोकारवाला निकाय सम्मिलित समितिले वातावरण र सुरक्षाका सम्बन्धमा परिक्षण गर्ने गरी नयाँ व्यवस्था भएको छ।

योसँगै विभागले उद्योग सञ्चालन गर्नको लागि नयाँ चार वटा मापदण्ड तयार गरेको छ। विभागले आन्तरिक उद्योगले पहिलो वर्षमा कम्तिमा १० प्रतिशत र पाँच वर्षमा कम्तीमा ३० प्रतिशतको आन्तरिक मूल्यअभिवृद्धि गर्नुपर्ने व्यवस्था जारी गरेको छ।

यसैगरी पहिलो वर्षमा कम्तीमा ५० जनाले र ५ वर्षमा कम्तीमा २ सय जना श्रमिकलाई प्रत्यक्ष रोजगारी दिनुपर्ने र उद्योगहरूले पाँच वर्षभित्र कम्तीमा १० प्रतिशत घरेलु सामग्री प्रयोग गर्नुपर्ने नयाँ व्यवस्था गरेको हो।


प्रकाशित : मंगलबार, कात्तिक २३ २०७८१०:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend