शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा पाँच जनाको शव भेटियो, एकजनाको अवस्था अज्ञात

मंगलबार, असार २६ २०८०
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा पाँच जनाको शव भेटियो, एकजनाको अवस्था अज्ञात

काठमाडौं- सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन-एएमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा पाँचजनाको शव भेटिएको छ। एकजनाको अवस्था थाहा हुन सकेको छैन। 

सोलुखुम्बु लामजुरामा भएको हेलिकप्टर दुर्घटनामा अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ। हेलिकप्टरमा क्याप्टेनसहित ६ जना यात्रु थिए। यात्रुहरू सबै मेक्सिकन नागरिक हुन्। 

प्रहरीसहित उद्धारकर्मी घटनास्थलमा खटिएका छन्। लिखु पिके गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ङिमा छिरि लामाका अनुसार लामाजुरामा हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको भन्दै स्थानीयले खबर गरेका थिए।


प्रकाशित : मंगलबार, असार २६ २०८००७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend