बिहीबार , जेठ १५ गते २०८२    
बिहीबार , जेठ १५ २०८२
images
images

चोरिएका पाँचसय सवारी साधन धनीलाई फिर्ता, चोरीमा संलग्न ३६ जनालाई कारबाही

images
सोमबार, असार २५ २०८०
images
images
चोरिएका पाँचसय सवारी साधन धनीलाई फिर्ता, चोरीमा संलग्न ३६ जनालाई कारबाही

चालु आर्थिक वर्षमा प्रहरीले सवारी साधन चोरीमा संलगन ३६ जनालाई कारबाही गरेको छ। 

images
images

काठमाडौं- प्रहरीले चालु आर्थिक वर्षमा उपत्यकाका विभिन्न क्षेत्रबाट चोरिएको पाँचसय सवारी साधन फेला पारी सवारी धनीलाई हस्तान्तरण गरेको छ। यसरी सवारी साधन चोरीमा संलगन रहेको ३६ जनालाई कारबाही गरेको छ। 

images
images
images

कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले आज मात्रै विभिन्न क्षेत्रबाट २१ वटा दुई पांग्रे सवारी साधन खोजी गरी धनीलाई हस्तान्तरण गरिएको जानकारी दिए। उनले १२ वटा मोटरसाइकल र नौ वटा स्कुटर धनीलाई हस्तान्तरण गरिएको बताए।

images
images

अवैध रुपमा नेपाल भित्रिएका ९५ वटा सवारी साधन भन्सार कार्यालयमा बुझाइएको र एउटा मोटरसाइकललाई थप अनुसन्धानको लागि यातायात व्यवस्था कार्यालय पठाइएको भट्टले बताए। चालु आवमै चोरीका २ पांग्रे ३२ सवारी साधनसहित चोरीमा संलग्न ३६ व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ।

images
images
images

हराएका सवारी साधन खोज तलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए पनि स्वयं सवारी धनी पनि विशेष चनाखोका साथै सजग हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनी सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न प्रहरीले अनुरोध गरेको छ।

आफ्नो सवारीको ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपाय अबलम्वन गर्न पनि प्रहरीले अनुरोध गरेको छ। 

यस्तै प्रहरीले मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न पनि अनुरोध गरेको छ। सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ। रासस


प्रकाशित : सोमबार, असार २५ २०८०१२:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend