बिहीबार , जेठ १५ गते २०८२    
बिहीबार , जेठ १५ २०८२
images
images

घट्टेखोला सिँचाइ आयोजनाले कुहुँको फाँट हराभरा

images
सोमबार, असार २५ २०८०
images
images
घट्टेखोला सिँचाइ आयोजनाले कुहुँको फाँट हराभरा
फाइल तस्बिर

सिँचाइ आयोजना निर्माण भएपछि यहाँका कृषकलाई खेती गर्न सहज भएको छ। सिँचाइको अभावमा आफ्ना खेतीयोग्य जमिन बाँझै राख्न बाध्य भएका यहाँका बासिन्दालाई सिँचाइ आयोजना निर्माण भएपछि हरेकको खेतबारीमै पानीको सुविधा पुगेको छ।

images
images

गलेश्वर- म्याग्दीको मंगला गाउँपालिका-१ कुहुँमा घट्टेखोला सिँचाइ योजना निर्माण भएपछि सिँचाइको अभावमा वर्षौँदेखि बाँझो रहेको यहाँको फाँट हराभरा भएको छ। 

images
images
images

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा २५ लाख रूपैयाँको लागतमा सिँचाइका लागि पूर्वाधार निर्माण गरेपछि कुहुँमा सिँचाइ सुविधा विस्तार भएको हो। गत पाँच वर्षदेखि उक्त कार्यालयले सिँचाइका लागि पूर्वाधार निर्माणको काम थालेको थियो। यस वर्ष अपुग भएको ठाउँमा सिँचाइ सुविधा विस्तार गरिएको घट्टेखोला सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष गोविन्द खत्रीले जानकारी दिए।

images
images

उनका अनुसार यस वर्ष २५ ठाउँमा चेम्बर निर्माण गरी तीन हजार तीन सय मिटर पाइपलाइन विस्तार गरिएको छ। उक्त आयोजनाबाट कुहुँको भलाबोट, अनबाङ, रातमाटा, सिरानचौर, मजुवा, खोर, ओढारमुनि, बाटुले, काप्रा, हिलेटाउका, पातलेगरा, धाप, बाइसआनालगायत फाँटमा सिँचाइको सुविधा पुगेको छ।

images
images
images

सिँचाइ आयोजना निर्माण भएपछि यहाँका कृषकलाई खेती गर्न सहज भएको छ। सिँचाइको अभावमा आफ्ना खेतीयोग्य जमिन बाँझै राख्न बाध्य भएका यहाँका बासिन्दालाई सिँचाइ आयोजना निर्माण भएपछि हरेकको खेतबारीमै पानीको सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष खत्रीले बताए।

आयोजना निर्माण भएपछि बर्खायाममा धान रोपाइँ र हिउँदयाममा फलफूल र हिउँदे खेतीमा सिँचाइ गर्न सुविधा पुगेको स्थानीयवासी प्रितम पुनले बताए। 'सिँचाइ नहुँदा व्यावसायिक कृषि खेती गर्न सम्भव थिएन, अहिले परम्परागत खेतीबाट व्यावसायिक बन्न सिँचाइ सुविधाले ठूलो राहत दिएको छ, कृषकका खेतबारीमै पानी आउने भएकाले बर्खा र हिउँदमा बोटबिरुवा र खेतीमा सिँचाइ गर्न सजिलो भएको छ', उनले भने।

घट्टेखोला सिँचाइ आयोजनाबाट २५ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए। यता जिल्लाको बेनी नगरपालिका-२ बगरफाँटमा सिँचाइ कुलो मर्मत नहुँदा किसानलाई सास्ती भएको छ।
विसं २०४२ मा २० लाख रूपैयाँको लागतमा निर्माण भएको दूधेखोला बगरफाँट सिँचाइ कुलो जीर्ण भएर ठाउँठाउँमा भत्किएकाले बगरफाँटवासीलाई हिउँदमा सिँचाइ गर्न र वर्षामा खेत रोप्नसमेत समस्या भएको बगरफाँटका  बासिन्दाले गुनासो गरे। रासस


प्रकाशित : सोमबार, असार २५ २०८०१२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend