बिहीबार , जेठ १५ गते २०८२    
बिहीबार , जेठ १५ २०८२
images
images

वैदेशिक रोजगारीमा रहेकालाई परिचालन गरी सुनको अवैध ओसारपसार, सिनामंगलका होटल सञ्चालकसहित १२ जना पक्राउ

दुई अर्ब रूपैयाँ बराबरको सुन तस्करी

images
सोमबार, असार २५ २०८०
images
images
वैदेशिक रोजगारीमा रहेकालाई परिचालन गरी सुनको अवैध ओसारपसार, सिनामंगलका होटल सञ्चालकसहित १२ जना पक्राउ

कतारबाट वैदेशिक रोजगारीबाट फर्किएका पाँच जनासहित १२ जनालाई आज सार्वजनिक गरिएको हो।

images
images

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। 

images
images
images

पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका-५ का २५ वर्षीय रामदेव महरा, सिरहाको सिरहा नगरपालिका-१७ का २४ वर्षीय धर्मदेव यादव र कपिलवस्तुको शुद्धोधन नगरपालिका-६ का २३ वर्षीय धर्मप्रसाद मुराउ रहेका छन्।

images
images

यसैगरी धनुषाको जनकपुरधाम-५ का ३४ वर्षीय नरेश पञ्जियार, बाँकेको राप्ती सोनारी-५ का ३६ वर्षीय लालबहादुर वली, सप्तरीको बलामबिहु-२ का २७ वर्षीय किसुनलाल साहु तेली, सोही नगरपालिका-१ का ३५ वर्षीय विनोदकुमार शाह र सोही नगरपालिका-६ का २२ वर्षीय आशाराम यादवलाई पनि प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।

images
images
images

यसैगरी सुन संकलन गर्ने क्रममा पक्राउ पर्नेमा विनोदसहित सञ्जुकुमारी शाह, दुर्गाप्रसाद यादव र देवानन्द शाह रहेका छन्। प्रहरीले सिरहाका मोहनकुमार यादवलाई पनि पक्राउ गरेको छ। उनले शिवसुन्दर राउतको खातामा रकम हाल्ने र झिक्ने गरेको खुलेको जनाइएको छ।

कतारबाट वैदेशिक रोजगारीबाट फर्केका पाँच जनासहित १२ जनालाई आज सार्वजनिक गरिएको हो। वैदेशिक रोजगारीमा रहेकाहरूले सिरहाको रितेश जनरल स्टोरका सञ्चालक शिवसुन्दर राउतको अवैध सुन बोकेर ल्याएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकमार केसीले जानकारी दिए।

उनका अनुसार शिवसुन्दरले अवैध सुन ल्याउनका लागि लामो समयदेखि वैदेशिक रोजगारीमा रहेकाहरूलाई परिचालन गर्दै आएको खुलेको र सन् २०१९ देखि उनको खातामा १ अर्ब ९६ करोड रूपैयाँको कारोबार देखिएको छ।

शिवसुन्दर राउतलाई प्रहरीले सिरहाबाटै पक्राउ गरेको तथा सिनामंगलमा बी हिमालयन स्पायर होटल सञ्चालन गर्दै आएका विनोदकुमार शाहलाई पनि प्रहरीले पक्राउ गरेको आजको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो।

तस्करी गर्नेहरूले पाँच हजारदेखि १० हजार रूपैयाँ दिएर वा होटलमा निःशुल्क बस्ने सुविधा दिएर श्रमिकलाई सुन बोकाउने गरेको प्रहरीको दाबी छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउँदा सानोसानो मात्रामा सुनको तस्करी भइरहेको गोप्य सूचनाका आधारमा निगरानी बढाउँदा पछिल्लो पटक विदेशबाट आउने पाँच जनाको साथबाट आठ सय २८ ग्राम सुन बरामद भएको प्रहरी वरिष्ठ उपरीक्षक डा केसीले बताए। रासस


प्रकाशित : सोमबार, असार २५ २०८०११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend