बिहीबार , जेठ १५ गते २०८२    
बिहीबार , जेठ १५ २०८२
images
images

किसानलाई अनुदान दिन थालेपछि गल्याङमा बढ्यो दूध उत्पादन, चार लाख लिटर निर्यात

images
सोमबार, असार २५ २०८०
images
images
किसानलाई अनुदान दिन थालेपछि गल्याङमा बढ्यो दूध उत्पादन,  चार लाख लिटर निर्यात

नगरपालिकाले उत्पादका आधारमा अनुदान दिन थालेपछि किसान दूध उत्पादनतर्फ आकर्षित हुन थालेका हुन्।

images
images

गल्याङ- स्याङ्जाको गल्याङ नगरपालिकाभित्रबाट उत्पादित दूध आर्थिक वर्ष २०७९/८० को असार १५ गतेसम्म तीन लाख ९७ हजार चार सय दुई लिटर निर्यात भएको छ। नगरपालिकाले उत्पादनका आधारमा दूधमा प्रतिलिटर १५ रूपैयाँ अनुदान दिएपछि किसान दूध उत्पादनतर्फ आकर्षित भएका हुन्।

images
images
images

पालिकाले उत्पादका आधारमा किसानलाई अनुदान दिन थालेपछि पछिल्लो समय दूध उत्पादनमा वृद्धि भएको नगरपालिकाका पशुशाखा प्रमुख सुशील अर्यालले बताए। उनका अनुसार पालिकाभित्र उत्पादित दूध बुटवलस्थित दुग्ध विकास संस्थान र पोखरास्थित सुजल डेरीमा निर्यात हुँदै आएको छ।

images
images

नगरप्रमुख गुरुप्रसाद भट्टराईले ‘उत्पादनका आधारमा अनुदान कार्यक्रम’अन्तर्गत नगरपालिका-१, २, ३, ६, ७, ८, ९ र ११ का सात सय १२ जना दुध उत्पादक किसानलाई ५९ लाख ६१ हजार २२ अनुदान वितरण गरिएको जानकारी दिए। उनले सहकारी, दूध संकलन केन्द्र तथा फार्म गरी १९ वटा समूहमा आबद्ध किसानलाई प्रतिलिटर १५ रूपैयाँका दरले खनुदान रकम वितरण गरिएको बताए।

images
images
images

'कृषि र पशुुपालनले देशको आर्थिक अवस्था सुधार गर्नसक्ने भएकाले यसमा प्राथमिकता दिएका छौँ', नगरप्रमुख भट्टराईले भने, 'गल्याङमा कृषि तथा पशुपालनको सम्भावना राम्रो भएकाले दूधसँगै कृषि कार्यमा लागेका अरु किसानलाई पनि प्राथमिकता दिएर काम गरिहेका छौँ।'

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले यस वर्ष फार्मतर्फ वडा नं १ खाडास्थित विन्ध्यवासिनी कृषि तथा पशुपक्षी फार्मले दुई हजार आठ सय ८२ लिटर दूध उत्पादन गरेर ४३ हजार दुई सय ३७ र वडा नं ११ जिमुवास्थित कालीगण्डकी दुुग्ध उत्पादक सहकारीले ६१ हजार दुुई सय ९६ लिटर दूध उत्पादन गरेर नौ लाख १९ हजार चार सय ४७ रूपैयाँ अनुदान पाएका जानकारी दिए। उनका अनुसार नगरपालिकाभित्र सबैभन्दा धेरै दूध उत्पादन गर्ने उक्त दुई फार्म र सहकारी हुन्।

विन्ध्यवासिनी कृषि तथा पशुपक्षी फार्मका सञ्चालक ईश्वर बस्यालले नगरपालिकाले प्रतिलिटर १५ रूपैयाँका दरले दिँदै आएको अनुदानले आफूहरुलाई निकै राहत मिलेको बताए। उनले पाँच वर्षदेखि भैँसी पाल्दै आएको जनाउँदै उनले यसरी अनुदान प्राप्त गर्दा थप उत्साह जगाएको बताए।

'काम गर्ने किसानका लागि दिइएको अनुदान कार्यक्रम प्रभावकारी देखिएको छ', बस्यालले भने, 'नगरपालिकाले दिँदै आएको निःशुल्क पशु उपचार तथा प्राविधिक सहयोग पाएको छु। दूधमा अझ पाँच/दश बढाइदिए राम्रो हुन्थ्यो।' उनले पशुपालनका क्रममा जटिल समस्याको सामाना गर्नु नपरे पनि दुई महिनायता ‘लम्की स्कीन’ रोगले दूध उत्पादन घटेको गुनासो गरे। उनले दूध बिक्रीबाट २०७९ साउनदेखि २०८० असार १५ गतेसम्ममा छ लाख ४३ हजार रूपैयाँ आम्दानी गरेको जानकारी दिए।

वडा नं ११ जिमुवास्थित कालीगण्डकी दुग्ध उत्पादक सहकारीका अध्यक्ष ज्ञानप्रसाद अधिकारीले १५ रूपैयाँ अनुदान कार्यक्रम राम्रो भए पनि पछिल्लो समय देखा परेको रोगका कारण गाईपालनतर्फ रुची घट्न थालेको बताए। 'गाईपालनमा धेरै समस्या आउने भएकाले भैँसी पालेर उत्पादनलाई दोबर बनाउने धेरै किसानको सोच छ', उनले भने, 'नगरपालिकाले तीन/तीन महिना किसानको गोठसम्मै पुगेर पशुस्वास्थ्य सचेतनासहित उपचार शिविर सञ्चालन गरिदिए आभारी हुनेछौँ।' रासस


प्रकाशित : सोमबार, असार २५ २०८००९:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend