बिहीबार , जेठ १५ गते २०८२    
बिहीबार , जेठ १५ २०८२
images
images

झापामा साढे १३ करोड लगानीमा चामल उद्योग खुल्दै, चालु आवमै ६ उद्योगमा ३ अर्बको लगानी प्रतिबद्धता

images
मंगलबार, असार २६ २०८०
images
images
झापामा साढे १३ करोड लगानीमा चामल उद्योग खुल्दै, चालु आवमै ६ उद्योगमा ३ अर्बको लगानी प्रतिबद्धता
images
images

काठमाडौं- नेपालमा धानको उत्पादनमा खासै सुधार नआए पनि चामल उद्योगमा भने लगानीकर्ताको आकर्षण देखिएको छ।

images
images
images

असार २२ गते मात्रै १३ करोड ५० लाख रुपैयाँको लगानी प्रतिबद्धतासँगै माई भ्याली एग्रो प्रालि उद्योग विभागमा दर्ता भएको छ। उद्योग झापाको मेचीनगर नगरपालिकामा सञ्चालन हुने दर्ता विवरणमा उल्लेख छ।

images
images

उद्योगले वार्षिक २९ सय ५० मेट्रिक टन चामल उत्पादन गर्ने लक्ष्य लिएको छ। उद्योगमा सत प्रतिशत नेपाली लगानी रहेको छ। उद्योगमा ४३ जनाले रोजगारी पाउनेसमेत दर्ता विवरणमा उल्लेख छ।

images
images
images

योसँगै चालु आर्थिक वर्षको असार २२ गतेसम्म ६ वटा चामल उत्पादन उद्योगमा लगानी प्रतिबद्धता आएको छ। विभागका अनुसार ६ वटा चामल उत्पादन उद्योगमा २ अर्ब ९८ करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको छ। जसमा २० करोडको लगानीमा रुपन्देहीमा राइजिंग सन एग्रो इन्डष्ट्रिज प्रालि दर्ता भएको छ। उद्योगमा शतप्रतिशत नेपाली लगानी रहनेछ।

यसैगरी ६२ करोड रूपैयाँको लगानीमा बाँकेको नेपालगञ्जमा वार्षिक ३० हजार मेट्रिक टन भन्दा बढी चामल उत्पादन गर्ने गरी ग्लोबल फुड पार्क प्रालि दर्ता भएको छ। उद्योगको दर्ता विवरणमा १ सय ४० जनाले रोजगारी पाउने उल्लेख छ।

रुपन्देहीमै ४९ करोड १३ लाख ७५ हजार रूपैयाँको लगानीमा वार्षिक ४० हजार मेट्रिक टन चाम उत्पादन गर्ने गरी जयहरि एग्रो प्रालि दर्ता भएको छ। उद्योगमा ३९ जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ।

उद्योग विभागका अनुसार ६२ करोड २२ लाख रूपैयाँको लागनीमा कैलालीमा पनि चामल उत्पादन उद्योथग स्थापना हुने भएको छ। चालम उद्योग स्थापनाका लागि ओम फुड्स प्रालि कम्पनी उद्योग विभागमा दर्ता भएको छ।

उद्योग कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा सञ्चालन हुनेछ। वार्षिक ७२ हजार मेट्रिक टन चामल उत्पादन हुने गरी दर्ता भएको हो। सत प्रतिशत नै नेपाली लगानी रहेको उद्योगमा ६६ जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ। 

यसैगरी ९२ करोड रूपैयाँको लगानीमा हिमालयन सोलभेन्ट्स प्राली उद्योग विभागमा दर्ता भएको छ। यो उद्योगले तेल र चामल उत्पादन गर्नेछ। उद्योग वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ मा सञ्चालन हुनेछ। शतप्रतिशत नेपाली लगानी रहेको उद्योगमा १ सय ९८ जनाले रोजगारी पाउने छन्।


प्रकाशित : मंगलबार, असार २६ २०८००१:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend