बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

बैंकिङ प्रणालीमा असारयता नै थपियो ६१ अर्ब निक्षेप, साउनदेखि सबै प्रकारका ब्याज घट्ने

images
शुक्रबार, असार २२ २०८०
images
बैंकिङ प्रणालीमा असारयता नै थपियो ६१ अर्ब निक्षेप, साउनदेखि सबै प्रकारका ब्याज घट्ने
images
images

काठमाडौं- असारयता बैंकिङ प्रणालीमा ६१ अर्ब रुपैयाँ निक्षेप थप भएको छ। सरकारको भुक्तानी क्रम बढेसँगै २० दिनमा ६१ अर्ब निक्षेप थपिएको हो। असार मसान्तसम्म झनै सरकारी भुक्तानी बढ्ने भएकोले अझै थप ५० अर्ब निक्षेप थपिने अनुमान गरिएको छ।

images
images
images

गतवर्ष असारमा समेत निक्षेप थपिएको थिएन। सरकारले गतवर्ष देखिनै निर्माण व्यवसायीलाई पैसा भुक्तानी गरेको थिएन। यो वर्ष तीन वर्ष देखि रोकिएको भुक्तानी जारी हुँदा निक्षेप थप बढेको हो। चालु आर्थिक वर्षको असार १ गते बैंकिङ प्रणालीको कुल निक्षेप ५५ खर्ब ६९ अर्ब रुपैयाँ रहेको थियो। उक्त निक्षेप बढेर ५६ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ। 

images
images

व्यवसायीहरूले पनि अहिले बजारको माग कुरेको बसेकाले पनि कर्जा प्रवाह माग नबढेको अध्यक्ष केसी बताउँछन्। असारभित्रै अझै १ खर्ब निक्षेप थपिने आँकलन गरिएको छ। सरकारी खर्चसमेत बढ्ने तथा अन्य ऋण तथा असुलीसमेत हुने भएकोले निक्षेप अझै थपिने अनुमान छ,’ केसीले भने। अहिले लगातार ऋणको ब्याजदर घटिरहेको छ। आउने साउनदेखि निक्षेपको ब्याजदर पनि घट्ने छ। सबै प्रकारका ब्याजदर घटिरहेको र अझै घट्दै जाने अध्यक्ष केसी बताउँछन्। 

images
images

यता कर्जा-निक्षेप (सीडी) रेसियो ८३.२५ प्रतिशतमा झरेको छ। चालु आर्थिक वर्षको सुरुवातमा तरलता अभावले ९० प्रतिशत हाराहारी रहेको बैंकहरूको सीडी रेसीयो अहिले घट्दो क्रममा छ। यसैगरी घट्दै गएमा असार मसान्तसम्म ८० प्रतिशतमा आउन सक्ने देखिएको छ।  बैंक वित्तीय संस्थाले ८ अर्ब रुपैयाँ मात्र लगानी गरेको अवस्था छ। असार १ गते बैंक वित्तीय संस्थाको कुल कर्जा लगानी ४८ खर्ब ५४ अर्ब रुपैयाँ लगानी रहेको थियो। अहिले ८ अर्बले बढेर ४८ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको हो।

सामान्यत सरकारले चालु आर्थिक वर्षको अन्तिम महीनामा धेरै खर्च गर्ने भएकाले बैंकिङ प्रणालीमा निक्षेप तुलनात्मक रुपमा बढी निक्षेप थपिन्छ। सरकारले असारमा मात्रै १ खर्ब ७० अर्ब ५ करोड ३२ लाख रुपैयाँ खर्च गरेको छ। यसमध्ये १ खर्ब १६ अर्ब ५८ करोड ९९ लाख रुपैयाँ चालु खर्च गरेको छ। भने ३६ अर्ब १४ करोड रुपौयाँ मात्र पुँजीगत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। चालु आर्थिक वर्षको असार २० गतेसम्म सरकारले लक्ष्यको ७१.९९ प्रतिशत खर्च गरेको छ। त्यसमा चालु खर्च लक्ष्यको ८०.८२ प्रतिशत रहेको छ भने पुँजीगत खर्च ४६.४१ प्रतिशत रहेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा सरकारको कुल खर्च लक्ष्यको ६२.५१ प्रतिशत रहेको थियो। चालु खाता खर्च लक्ष्यको ७०.९१ र पुँजीगत खर्च लक्ष्यको ३६.९१ प्रतिशत रहेको थियो।

वाणिज्य बैंकहरुको कुल निक्षेप ४९ खर्ब ७२ अर्ब रहेको छ। सो अवधिमा बैंकहरुको कुल कर्जा ४३ अर्ब ३ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। असार महीनाको १९ दिनमा वाणिज्य बैंकहरुमा मात्रै ६० अर्ब निक्षेप थपिएको छ भने ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। सो अवधिमा अन्य वित्तीय संस्थाको कुल निक्षेप ६ खर्ब ५८ अर्ब रहेको छ। त्यसैगरी कर्जा लगानी ५ खर्ब ५९ अर्ब रहेको केन्द्रीय बैंकले जनाएको छ।


प्रकाशित : शुक्रबार, असार २२ २०८००८:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend