बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

सरकारी भुक्तानीले बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब निक्षेप थपियो, ऋण घटेको घट्यै

images
बिहीबार , असार २१ २०८०
images
सरकारी भुक्तानीले बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब निक्षेप थपियो, ऋण घटेको घट्यै
images
images

काठमाडौं- सरकारी खर्च बढेसँगै वित्तीय प्रणालीमा निक्षेप आउनेक्रम बढेको छ। बुधबार एकैदिन १७ अर्ब निक्षेप थपिएको छ। राष्ट्र बैंकका अनुसार मंगलबार साँझसम्म बैंकिङ प्रणालीमा ५६ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो। वाणिज्य बैंकहरूमा निक्षेप ४९ खर्ब ७२ अर्ब पुगेको छ।

images
images
images

मंगलबारसम्म निक्षेप ४९ खर्ब ६३ अर्ब निक्षेप रहेको थियो। तर बुधबार नै प्रणालीमा निक्षेप ५६ खर्ब ३० अर्ब पुगेको छ। यता कर्जा-निक्षेप (सीडी) रेसियो ८३.२५ प्रतिशतमा झरेको छ। एकैदिन ०.२२ प्रतिशतले सीडी रेसियो घटेको हो। चालु आर्थिक वर्षको सुरुवातमा तरलता अभावले ९० प्रतिशत हाराहारी रहेको बैंकहरूको सीडी रेसीयो अहिले घट्दो क्रममा छ। यसैगरी घट्दै गएमा असार मसान्तसम्म ८० प्रतिशतमा आउन सक्ने देखिएको छ। 

images
images

ऋण परिचालन भने घटेको छ। मंगलबारसम्म ४८ खर्ब ६४ अर्ब रहेको ऋण प्रवाह घटेर ४८ खर्ब ६२ अर्ब रुपैयाँमा झरको छ। भने अन्तरबैंक ब्याजदर ४.१४ प्रतिशतमा रहेको छ। 

images
images

‘अहिले पैसा फालाफल नै भन्ने अवस्था त होइन तर व्यवसायी र बैंकर दुवै पर्ख र हेरको अवस्थामा रहेको हो,’ नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने। साउनदेखि ब्याजदर पनि अझै तल आउने भएपनि कर्जा प्रवाह नभएको केसी बताउँछन्।

व्यवसायीहरूले पनि अहिले बजारको माग कुरेको बसेकाले पनि कर्जा प्रवाह माग नबढेको अध्यक्ष केसी बताउँछन्। असारभित्रै अझै १ खर्ब निक्षेप थपिने आँकलन गरिएको छ। सरकारी खर्चसमेत बढ्ने तथा अन्य ऋण तथा असुलीसमेत हुने भएकोले निक्षेप अझै थपिने अनुमान छ,’ केसीले भने। 

बैंकहरू असुलीमा केन्द्रित भएको कारण अहिले कर्जा लगानी उल्टो घट्दो क्रममा रहेको छ। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट असार मसान्तसम्म मात्रै ऋणपत्रलाई सीडीमा गणना गर्न पाउने व्यवस्था रहेको ऋणपत्रलाई पुस मसान्तसम्म गणना गर्न पाउने व्यवस्था गरिदिएको छ। यता स्थानीय तहको ८० प्रतिशत रकम आगामी पुस मसान्तसम्म निक्षेपमा गणना गर्न पाइने भएको छ।


प्रकाशित : बिहीबार , असार २१ २०८००९:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend