शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

ओलीको प्रश्न : एमसीसीबारे झुट कसले बोलेको? देउवाले कि प्रचण्डले?

सोमबार, कात्तिक २२ २०७८
ओलीको प्रश्न : एमसीसीबारे झुट कसले बोलेको? देउवाले कि प्रचण्डले?

विराटनगर- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चेतावनी दिएका छन्। 

एमसीसी पास गर्ने भनेर हस्ताक्षर गरिएको प्रधानमन्त्री देउवाको भनाइ र त्यस्तो हस्ताक्षर नभएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिमध्ये एक झुट भएको उल्लेख गर्दै अध्यक्ष ओलीले झुट बोल्ने काम नगर्न भनेका हुन्।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भनेका छन्, ‘शेरबहादुरजी नि हस्ताक्षर गरेर दिएको भन्नु हुन्छ। प्रचण्ड दिएको छैन भन्नुहुन्छ। दुईटामध्ये एउटाले झुट बोल्या जस्तो देखिएन? त्यस्तो झुट बोल्नु हुँदैन।’

ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप-२६) मा भाग लिएर फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमसीसीबारे आफूहरू छिटै निष्कर्षमा पुग्ने भन्दै त्यसमा प्रचण्ड पनि सहमत रहेको बताएका थिए। 

प्रधानमन्री देउवाको भनाइलाई प्रचण्डले भने स्वीकार गरेका छैनन्। उनले प्रधानमन्त्रीले भनेजस्तो नभएको सार्वजनिक टिप्पणी गरिरहेका छन्। 

एमसीसी पास गराउन प्रचण्ड पनि सहमत : प्रधानमन्त्री देउवा
एमसीसीमा प्रचण्ड अभीष्ट 


प्रकाशित : सोमबार, कात्तिक २२ २०७८१२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend