बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

एकवर्षमा बैंकहरूमा थपियो ४ खर्ब ९ अर्ब निक्षेप, कर्जा विस्तार सुस्त

१ खर्ब २९ अर्बमात्रै ऋण प्रवाह, सीडी रेसियो ८० प्रतिशतमा झर्ने संकेत

images
मंगलबार, असार १९ २०८०
images
एकवर्षमा बैंकहरूमा थपियो ४ खर्ब ९ अर्ब निक्षेप, कर्जा विस्तार सुस्त
images
images

काठमाडौं- वित्तीय प्रणालीमा निक्षेप ५६ खर्ब ८ अर्ब पुगेको छ। आइतबारसम्म ५५ खर्ब ९९ अर्ब रहेको निक्षेप एकैदिन ९ अर्ब बढेको हो। योसँगै चैत मसान्तयता नै निक्षेप १ खर्ब २३ अर्ब थपिएको छ। चैत मसान्तसम्ममा ४८ खर्ब ८६ अर्ब रुपैयाँ रहेको कर्जा लगानी सोमबारसम्म घटेर ४८ खर्ब ६२ अर्बमा आइपुगेको छ। ऋण २४ अर्ब घटेको छ।  

images
images
images

चालु आर्थिक वर्षको सुरुवातदेखि नै सुस्त रहेको बैंकहरुको कर्जा लगानी चौथो त्रैमासमा झनै घट्ने देखिएको छ। चौथो त्रैमासमा तरलता बढ्दै गएपनि कर्जा लगानी भने बढ्न सकेको छैन।

images
images

चैत मसान्तसम्ममा ४८ खर्ब ३२ अर्ब रुपैयाँ रहेको बाणिज्य बैंकहरुको निक्षेप संकलन यस अवधिमा बढेर ४९ खर्ब ५१ अर्ब पुगेको छ। तर ४३ खर्ब ३० अर्ब रहेको कर्जा लगानी घटेर ४३ खर्ब ४ अर्ब रुपैयाँमा झरेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ। 

images
images

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२.६ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य लिएको भएपनि हालसम्म लक्ष्यको ३ प्रतिशत पनि कर्जा लगानी हुन सकेको छैन। गत आर्थिक वर्षको अन्तिमसम्ममा ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले ४३ खर्ब ४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

राष्ट्र बैंकको लक्ष्यअनुसार चालु आर्थिक वर्षमा ५ खर्ब ६० अर्ब रुपैयाँ कर्जा विस्तार हुनु पर्ने भए पनि हालसम्म १ खर्ब २९ अर्ब रुपैयाँ कर्जा लगानी भएको अवस्था छ। गत आर्थिक वर्षको असार मशान्तसम्ममा बैंकहरुले ४५ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए। हालसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ४९ खर्ब ५१ अर्ब पुगेको छ। यसअनुसार चालु आर्थिक वर्षमा बैंकहरुको निक्षेप संकलन ४ खर्ब ९ अर्ब अर्ब रुपैयाँले बढेको छ।

वित्तिय संस्थाको निक्षेप–कर्जा (सीडी) रेसियो ८३.५५ प्रतिशतमा झरेको छ। अहिलेको निक्षेप अनुसार वित्तिय संस्थाहरुले ३ खर्ब ६० अर्ब लगानी गर्न सक्ने अवस्थामा रहेका छन्। चालु आर्थिक वर्षको सुरुवातमा तरलता अभावले ९० प्रतिशत हाराहारी रहेको बैंकहरुको सीडी रेसीयो अहिले घट्दो क्रममा छ। यसैगरी घट्दै गएमा असार मसान्तसम्म ८० प्रतिशतमा आउन सक्ने देखिएको छ। 

बैंकहरु असुलीमा केन्द्रित भएको कारण अहिले कर्जा लगानी उल्टो घट्दो क्रममा रहेको छ। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट असार मसान्तसम्म मात्रै ऋणपत्रलाई सीडीमा गणना गर्न पाउने व्यवस्था रहेको ऋणपत्रलाई पुस मसान्तसम्म गणना गर्न पाउने व्यवस्था गरिदिएको छ। यतास्थानीय तहको ८० प्रतिशत रकम आगामी पुस मसान्तसम्म निक्षेपमा गणना गर्न पाइने भएको छ।


प्रकाशित : मंगलबार, असार १९ २०८००३:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend