बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

नयाँ ब्रोकरले थाले असारभित्रै कारोबारको तयारी, नेप्सेबाट १० ब्रोकरलाई आशयपत्र

images
सोमबार, असार १८ २०८०
images
नयाँ ब्रोकरले थाले असारभित्रै कारोबारको तयारी, नेप्सेबाट १० ब्रोकरलाई आशयपत्र

बोर्डबाट ४३ वटा कम्पनीमध्ये हालसम्म दुई चरणमा गरी १८ वटा कम्पनीलाई कारोबार अनुमतिपत्र (लाइसेन्स) दिइएको छ।

images
images

काठमाडाै- नयाँ धितोपत्र ब्रोकर कम्पनीहरूले असारभित्रैबाट कारोबारको तयारी थालेका छन्। नेपाल धितोपत्र बोर्डबाट पहिलो चरणमा लाइसेन्स पाएका र नेपाल स्टक एक्सचेन्जबाट पनि आशयपत्र (एलओआई) पाएका सात कम्पनीले यसै महिनाभित्र कारोबार सञ्चालन गर्ने भएका हुन्। 

images
images
images

बोर्डबाट ४३ वटा कम्पनीमध्ये हालसम्म दुई चरणमा गरी १८ वटा कम्पनीलाई कारोबार अनुमतिपत्र (लाइसेन्स) दिइएको छ। लाइसेन्स पाएकामध्ये पहिलो चरणमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट भोले गणेश सेक्युरिटिज क्यापिटल, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, मियो सेक्युरिटिज प्रालि, सेयरप्रो सेक्युरिटिज, प्रोपर्टी विजार्ड सेक्युरिटिज र श्री क्यापिटल म्याक्स सेक्युरिटिज गरी सातवटा कम्पनीले अघिल्लो महिना नै आशयपत्र पाएका थिए।

images
images

बोर्डबाट दोस्रो चरणमा लाइसेन्स पाएका ११ ब्रोकर कम्पनीमध्ये शुक्रबारसम्म मात्रै १० वटा कम्पनीले नेप्सेबाट आशयपत्र पाएका छन्। शुक्रबार आशयपत्र पाएकाले भने कारोबार सुरु गर्न अझै १५ दिनभन्दा बढी लाग्नेछ। ११ मध्ये केबीएल सेक्युरिटिज नेप्सेको सम्पर्कमै आएको छैन। 

images
images

नयाँ ब्रोकर लाइसेन्स नदिन संसदीय अर्थ समितिले एक हप्ता रोक्का गरेर ५ असारमा पुन: अर्को निर्देशन दिँदै फुकुवा गरेको थियो।


प्रकाशित : सोमबार, असार १८ २०८००७:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend