बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

एक बोट केराले बनेका व्यवसायी 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २२ २०७८
images
एक बोट केराले बनेका व्यवसायी 

सुरुका वर्षमा झण्डै चार लाख रुपैयाँको लगानीमा केरा खेती सुरु गरेका उनले दोस्रो वर्षदेखि वार्षिक ६ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्।

images
images

वालिङ- स्याङ्जाको गल्याङ नगरपालिका-११ शिखरडाँडाका लेखनाथ भट्टराईले आफन्तकोबाट एउटा केराको बोट घरमा ल्याएर लगाए। बारीमा लगाएको एउटै बोटले राम्रो फल दिनका साथै अन्य बिरुवा पनि उत्पादन गर्न सहज भएको देखेपछि त्यसलाई आम्दानीको मुख्य स्रोत बनाउने निधो गरे। 

images
images
images

गल्याङ-११ दिमिकस्थित आफ्नै खेतमा परीक्षणका लागि लगाएको थप केराका बोटबाट राम्रैसँग उत्पादन दिन थालेकाले आठ वर्षअघि ‘आनन्द कृषि तथा पशुपालन फर्म’ दर्ता गर्नुभएको थियो। जग्गा जमिन भएर पनि सही सदुपयोग गर्न नसकिरहेका बेला त्यो एउटै बोटको केराले  आफूलाई व्यवसायी बन्ने प्रेरणा मिलेको उनले बताए। 

images
images

'जग्गा जमिन भए पनि त्यसको सही सदुपयोग गर्न सकिरहेका थिएनौं' भट्टराईले  भने, 'धान, गहुँ, मकैलगायत बालीबाट भन्दा केराबाट राम्रो आम्दानी गर्न सकिने ठानेर केरा खेतीलाई व्यावसायिकरुपमा अगाडि बढाएको हुँ।'

images
images

सुरुका वर्षमा झण्डै चार लाख रुपैयाँको लगानीमा केरा खेती सुरु गरेका उनले दोस्रो वर्षदेखि वार्षिक ६ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। केरा खेती नै भट्टराईको अहिलेको मुख्य आम्दानीको स्रोत बनेको छ।

'केरा जति मात्रामा उत्पादन भएपनि  बजारीकरणका लागि अहिलेसम्म कुनै समस्या छैन' उनले भने, 'यहाँ उत्पादन भएको केरा नजिकैको गल्याङ बजारमा खपत हुँदै आएको छ।'

भट्टराईको फर्मअन्तर्गत अहिले ‘झापाली मालभोग’ ‘विलियम हाईब्रेड’ र ‘जी नाईन’ जातका पन्ध्र सयभन्दा बढी केराका बोट छन्।

व्यावसायिक हिसाबले ठूलो मात्रामा केराखेती गरेका उनको फर्ममा केरा खेतीकाबारेमा चासो दिनेहरू अध्ययन अवलोकनका लागि आउने गरेका छन्। यहाँ आएर हेरेर, बुझेर फर्किएसँगै आ-आफ्नो ठाउँमा फर्केर व्यावसायिकरूपले केराखेती थाल्नेहरू प्रशस्तै रहेका उनले जानकारी दिए। केराखेती थालेपछि आफूसहित स्थानीयवासीले पनि रोजगारी पाएको भट्टराईले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, कात्तिक २२ २०७८०६:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend