बिहीबार , जेठ ३ गते २०८१    
images
images

मानवमूत्रको प्रयोगले फलफूलको उत्पादन बढ्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २२ २०७८
images
images
मानवमूत्रको प्रयोगले फलफूलको उत्पादन बढ्यो

अहिले यो अभियान उपलब्धिमूलक बनेको कार्यपालिका सदस्य विश्वकर्माले बताए। 

images
images

गलेश्‍वर- खेतीपातीमा मानवमूत्रको प्रयोग गर्न थालेपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा खाद्यान्नलगायत फलफूल र तरकारी खेतीको उत्पादनमा वृद्धि भएको छ । मङ्गला–५ को अर्मन, आरुखोला, मठबोट र खालाखर्कका किसानले खाद्यान्नलगायत तरकारी र फलफूल खेतीमा रासायनिक मल र विषादीको सट्टा मानवमूत्रको प्रयोग गरी खेती गर्न सुरुआत गरिएको छ । 

images
images
images

अर्मनमा विशेष गरी सुन्तला खेतीमा मानवमूत्रको प्रयोग गर्ने क्रम बढ्दै गएको छ । गाउँबाट गत वर्ष करिब  ५० लाख रुपैयाँको सुन्तला बिक्री गरिएको र यस वर्ष उत्पादन राम्रो भएकाले करिब  ८० लाख रुपैयाँको बिक्री गर्ने लक्ष्य रहेको अर्मन सुन्तला उत्पादन कृषक समूहका अध्यक्ष धनबहादुर रोकाले जानकारी दिए। 

images

पोखराबाट गाउँमै आएका व्यवसायीले विभिन्न समयमा गरी उक्त सुन्तला खरिद गरेका हुन् । अर्मनमा करिब ५० घरधुरी कृषकले व्यावसायिक रुपमा सुन्तला खेती गरेका छन् । उनले आफ्नो सुन्तलाबारीबाट गत वर्ष  दुई लाख २७ हजारको सुन्तला बिक्री भएको र अहिले गत वर्षको भन्दा राम्रो फलेकाले करिब तीन लाख आम्दानी हुने अनुमान गरेको बताए। 

images
images

अध्यक्ष रोकाका अनुसार गत वर्ष आरुखोलाका धनबहादुर छन्त्यालले  एक लाख ५७ हजार, अर्मनका प्रेमबहादुर रोकाले एक लाख ४३ हजार, मठबोटका रविलाल छन्त्यालले  एक लाख ७८ हजार, टेकबहादुर श्रीसले  एक लाख २२ हजार र मठबोटकै दिलबहादुर छन्त्यालले रु एक लाख एक हजारको सुन्तला बिक्री गरेका थिए । यस वर्ष सबै किसानले गत वर्षको भन्दा राम्रो आम्दानी गर्ने उनले जानकारी दिए। 

images
images

सुन्तला बगैँचामा मलको रुपमा मानवमूत्रको प्रयोग गरेपछि गत वर्षको भन्दा यस वर्ष दोब्बरले सुन्तला उत्पादन वृद्धि भएको मङ्गला गाउँ कार्यपालिका सदस्यसमेत रहनुभएका खोलखर्कका सुन्तला उत्पादक कृषक रत्नबहादुर विश्वकर्माले जानकारी दिए।

गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको पहलमा जिल्ला मै पहिलोपटक अर्मनमा तीन वर्ष अघि २०७५ सालदेखि मानवमूत्र सङ्कलन गर्न सुरुआत गरिएको थियो । अहिले यो अभियान उपलब्धिमूलक बनेको कार्यपालिका सदस्य विश्वकर्माले बताए। 

'अर्मनको शिशुकल्याण माविमा सङ्कलन गरिएको मानवमूत्र प्रतिलिटर  २५ मा खरिद गरी सुन्तला खेतीमा प्रयोग गर्यौँ‍ यसले उत्पादन राम्रो दियो सबै कृषक खुसी छौँ' उनले भने। 

 

images

प्रकाशित : सोमबार, कात्तिक २२ २०७८०४:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend