बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

उचाइतर्फ लागेको सेयर बजारमा पुन: गिरावट

images
मंगलबार, असार ५ २०८०
images
उचाइतर्फ लागेको सेयर बजारमा पुन: गिरावट
images
images

काठमाडौं- उचाइतर्फ लागेर सोमबार स्थिर देखिएको सेयर बजार मंगलबार ओरालो लागेको छ। नवौँ कारोबारसम्म लगातार बढेर दशौँ कारोबारमा सोमबार सामान्य अंकले घटेको बजारमा मंगलबार गिरावट देखिएको हो। 

images
images
images

मंगलबार २६.५६ अंकले घटेर बजार २०६४.८३ बिन्दुमा झरेको छ। २८ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ४ अर्ब ११ करोड रूपैयाँको कारोबार भएको छ। मं‌गलबार १९३ कम्पनीको सेयर मूल्य घटेको छ। 

images
images

यो साता आइतबार ५२.२६ अंकले बढेर २०९४.३३ बिन्दुमा पुगेको बजार सोमबार २.९४ अंकले घटेर २०९१.३९ बिन्दुमा पुगेको थियो। 

images
images

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा छन्। 


प्रकाशित : मंगलबार, असार ५ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend