शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

अवरुद्ध रहेको कर्णाली राजमार्ग सञ्चालनमा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक १९ २०७८
अवरुद्ध रहेको कर्णाली राजमार्ग सञ्चालनमा

अवरुद्ध सडक १५ दिनपछि खुलेको हो।

मान्म- अवरुद्ध कर्णाली करिडोर सञ्चालनमा आएको छ।

कालिकोटको नरहरिनाथ गाउँपालिकाको लालीघाटबाट हुम्लाको सल्लीसल्लासम्मको सडक खण्डको वर, गोब्रेभिड र खोलीबजार सिमखेतमा गएको पहिरो पन्छाएर सडक सञ्चालनमा आएको हो। पहिराको कारण करिडोरका विभिन्न ठाउँमा ठूला–ठूला ढुङगा खसेर अवरुद्ध भएको थियो। अवरुद्ध सडक खुलाउन नेपाली सेनाले निरन्तर काम गरेको थियो।

सेनानी प्रेम कार्कीले अवरुद्ध सडक १५ दिनपछि खुलाएको जानकारी दिए। उनले भने 'निरन्तर काम गरेर पहिरो पन्छाई सडक पूर्णरूपमा सञ्चालनमा ल्याऔँ।'

सडक अवरुद्ध हुँदा कालिकोट, बाजुरा र हुम्लाका धेरै नागरिकले सास्ती खेप्नुपरेको थियो। गत असोज ३१ देखि चार दिन लगातार परेको वर्षाले कर्णाली करिडोर अवरुद्ध भएको थियो। रासस


प्रकाशित : शुक्रबार, कात्तिक १९ २०७८०७:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend