बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

बैंकिङ प्रणालीमा पैसा थुप्रिँदा पनि किन घटेन निक्षेपकाे ब्याजदर?

कर्जाकाे भने लगातर घट्दै

images
बुधबार, जेठ ३१ २०८०
images
बैंकिङ प्रणालीमा पैसा थुप्रिँदा पनि किन घटेन निक्षेपकाे ब्याजदर?
images
images

काठमाडौं- असारमा बैंकहरूले निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय राखेपछि विभिन्न तर्क वितर्क सुरु भएका छन्। निक्षेप लगातार बढ्दासमेत बैंकर्स संघको बैठकले ब्याजदर स्थिर राख्ने निर्णय गरेकोमा व्यवसायीहरू पनि अझै ब्याजदर नघट्ने हो कि भन्नेमा आंशका व्यक्त गरिरहेका छन्। 

images
images
images

लगातार दुई वर्षदेखि समस्या भोग्दै आएको बैंकिङ क्षेत्र केही सहज अवस्था सिर्जना हुँदै गएकोले झ्याप्पै ब्याजदर घटाउन अझै वित्तीय क्षेत्र त्रासमा देखिन्छन्। नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिसम्म कुर्ने मुडमा बैंकर्स देखिएका छन्। ‘दबाब अझै नसकिएकोले असार एक महिना हेरौँ भन्ने हो,’ नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने। निक्षेपको नघटेपनि ऋणको भने ब्याजदर घट्ने अध्यक्ष केसी बताउँछन्। 

images
images

बैंकहरुले अहिले मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिइरहेका छन्। जेठमा पनि बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राखेका थिए। असारमा पनि यही ब्याजदर कायम गर्ने भएका हुन्। अहिले सीडी रेसियो ८४.३३ प्रतिशतमा झरेको छ भने अन्तरबैंक ब्याजदर ६.३१ प्रतिशतमा झरेको छ। तर पनि बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राखेका छन्। 

images
images

गत चैतसम्म ११ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर बैशाखमा १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ प्रतिशतमा झारेका थिए। संस्थागत निक्षेपकर्ताको ब्याज दर ७.९९ प्रतिशत छ भने बचतको ब्याज दर ५.४ देखि ७.४ प्रतिशत कायम भएको छ।

कल डिपोजिटको ब्याजदर २.७ प्रतिशत छ। अहिले बैंकहरुको निक्षेप संकलन बढिरहेको छ भने कर्जा लगानी खासै बढेको छैन यसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिँदै गएको छ। तर पनि बैंकहरुले असारमा ब्याजदर नघटाउने निर्णय गरेका छन्।

बैशाखमा नै निक्षेपको ब्याजदर घटेकोले असार महिनामा कर्जाको ब्याजदर भने घट्ने छ। नेपाल राष्ट्र बैंकले हरेक महिना कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरेपछि असारमा कर्जाको ब्याजदर घट्ने भएको हो। बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा पछिल्लो ३ महिनाको बेस रेटलाई आधार मान्नुपर्ने भएकोले असारदेखि कर्जाको ब्याजदर घट्ने भएको हो। ‘स्प्रेडदर ४.२ बाट ४ प्रतिशतमा ल्याउनुपर्ने भएकोले पनि ऋणको ब्याजदर घट्ने छ,’ अध्यक्ष केसीले भने। 

पौने ४ खर्बले बढ्यो निक्षेप 

चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३ खर्ब ७० अर्ब ७८ करोड रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसर चालु आवको १० महिनामा निक्षेप ३ खर्ब ७० अर्ब ७८ करोड रुपैयाँले बढेको जनाएको छ। 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २ खर्ब ३१ अर्ब ३२ करोड रुपैयाँले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११‍४ प्रतिशतले बढेको छ।

२०८० बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७‍‍.७ प्रतिशत, २५.८ प्रतिशत र ६०.० प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.५ प्रतिशत, २८.१ प्रतिशत र ५६.५ प्रतिशत रहेको थियो।

२०८० बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.३ प्रतिशत रहेको छ। २०७९ बैशाख मसान्तमा यस्तो निक्षेपको अंश ३८.४ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १५३ अर्ब १७ करोड रुपैयाँले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५४८ अर्ब १४ करोड रुपैयाँले बढेको थियो।

वार्षिक बिन्दुगत आधारमा २०८० बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फत प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको छ।

२०८० बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.४ प्रतिशत र ३६.६ प्रतिशत रहेको थियो।


प्रकाशित : बुधबार, जेठ ३१ २०८००३:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend