बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

असारमा पनि ब्याजदर नघटाउने बैंकर्स संघको निर्णय

images
मंगलबार, जेठ ३० २०८०
images
असारमा पनि ब्याजदर नघटाउने बैंकर्स संघको निर्णय
images
images

काठमाडौं- वाणिज्य बैंकहरूले असारमा  महिनामा पनि निक्षेपको ब्याजदर घटबढ नगर्ने भएका छन्। जेठमा पनि स्थिर राखेको ब्याजदर असारमा पनि स्थिर नै राख्ने निर्णय गरेको हो। संघको मंगलबार बिहान बसेको कार्यसमिति बैठकले दुई महिनादेखिकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको हो। 

images
images
images

बैशाखमा भने ब्याजदर ९.९९ प्रतिशतमा झारिएको थियो। वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशतसम्म पुगेको थियो। बैंकिङ प्रणालीमा तरलता कम हुँदै गएपछि निक्षेपकर्तालाई आकर्षित गर्न बैंकहरूले ब्याजदर बढाएका थिए। गत माघमा ब्याजदर घटाएर ११ प्रतिशतमा झारिएको थियो। त्यसपछि बैशाखदेखि ९.९९ प्रतिशतमा झारिएको थियो।

images
images

अहिले बैंकहरूको संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत छ भने बचतको ब्याजदर ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत कायम छ।

images
images

बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो तीन महिनाको औसत आधारदर (एभरेज बेसरेट) का आधारमा हरेक महिना ऋणको ब्याजदर कायम गर्नुपर्ने नियम रहेको छ। 


प्रकाशित : मंगलबार, जेठ ३० २०८००६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend