शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कर्णालीमा सडक सञ्जाललाई पहिलो प्राथमिकता : मुख्यमन्त्री शाही

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक १८ २०७८
कर्णालीमा सडक सञ्जाललाई पहिलो प्राथमिकता : मुख्यमन्त्री शाही

मन्त्रिपरिषद् विस्तारपछि बस्ने पहिलो बैठकमा राष्ट्रिय सडक सञ्जालसँग नजोडाएिका हुम्लालगायत यहाँका १० वटै जिल्लालाई  सडक सञ्जालमा जोड्न पहल गरिने बताएका हुन्। 

कर्णाली- कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशका १० वटै जिल्लालाई सडक सञ्जालमा जोड्ने कार्यलाई पहिलो प्राथमिकता दिइने जानकारी दिएका छन्।

उनले मन्त्रिपरिषद् विस्तारपछि बस्ने पहिलो बैठकमा राष्ट्रिय सडक सञ्जालसँग नजोडाएिका हुम्लालगायत यहाँका १० वटै जिल्लालाई  सडक सञ्जालमा जोड्न पहल गरिने बताएका हुन्। 

पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले गरेका कामको आधारलाई समेत समेटेर यहाँका बासिन्दाको अधुरा सपना पूरा गर्न नवनियुक्त मुख्यमन्त्री शाहीले प्रतिबद्धता पनि जनाए।

'पूर्व मुख्यमन्त्री शाही अहिले काठमाडौं जानुभएको छ उहाँ काठमाडौंबाट फर्केलगत्तै तिहारपछि नेकपा (एकीकृत समाजवादी)सँगको समन्वयमा मन्त्रिपरिषद् विस्तार हुनेछ' उनले भने। 

मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित नेपाली कांग्रेसबाट एक, नेकपा (माओवादी केन्द्र)बाट चार र नेकपा (एकीकृत समाजवादी)बाट दुई मन्त्री बन्ने चर्चा छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक १८ २०७८०७:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend