शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मारमा कार उत्पादक : अडर गरेको चिप पाउन ३८ सातासम्म कुर्नुपर्ने

बिहीबार , कात्तिक १८ २०७८
मारमा कार उत्पादक : अडर गरेको चिप पाउन ३८ सातासम्म कुर्नुपर्ने

अहिले कार उत्पादकहरुले चिपको माग गरेपछि न्युनतम १९ सातादेखि ३८ सातासम्म कुर्नुपर्ने अवस्था रहेको अटोइभोलुसनले लेखेको छ। 

काठमाडौं- कार उत्पानका लागि अत्यावश्यक पर्ने चिप (सेमिकन्डक्टर)को अभावका कारण उत्पादकहरुले अर्बौं डलर गुमाइरहेका छन्। बजारमा कारको माग उल्लेख्य बढेको भएपनि चिप अभाव हुँदा कार उत्पादन गर्नेहरुले माग अनुसार आपूर्ति दिन सकिरहेका छैनन्। 

सेमिकन्डक्टरको आपूर्ति कोरोना भाइरसका कारण जारी भएको लकडाउनले उत्पादन बन्द हुँदा समस्या देखिएको हो। लकडाउन खुलेर जनजीवन सामान्य उन्मुख हुँदै जाँदा कारको माग विश्वभर बढ्यो। तर कार उत्पादनका लागि आवश्यक पर्ने सेमिकन्डक्टरलगायत पार्टपूर्जाको आपूर्ति माग अनुसार हुन नसक्दा समस्या आएको हो। 

अहिले कार उत्पादकहरुले चिपको माग गरेपछि न्युनतम १९ सातादेखि ३८ सातासम्म कुर्नुपर्ने अवस्था रहेको अटोइभोलुसनले लेखेको छ। 

कोरोनाको दोस्रो लहर विश्भर नै करिब मत्थर हुँदै गएको छ। तर पनि कोरोनाको दुवै लहरका कारण सिर्जित लकडाउनपछि धेरै उत्पादनहरुको ‘चेन’ भत्किएको हो। जसको असर बजार सामान्य हुँदासमेत परिनै रहको छ। 

चिप अभावको असरबाट भारतीय अटोमोबाइल बजार पनि उत्रिन सकेको छैन। चाडपर्वको सिजनमा भारतमा कारको माग उच्च हुने गरेको छ। यो वर्षको चाडपर्व सिजनमा भारतीय कार बजारमा माग र आपूर्तीबीचको अन्तर करिब १ लाख वटा भन्दा बढी रहेको प्रारम्भिक अनुमान गरिएको छ। 

अक्टोबरदेखि दिवालीको सयम नोभेम्बरसम्म भारतीय कार उत्पादकहरुले मागअनुसार उत्पादन गर्न नसक्दा डढे अर्ब अमेरिकी डलरसम्मको व्यापार गुमाएको अनुमान गरिएको छ। 

भारतमा अहिलेपनि कायौं कार किन्न चाहनेले ३ देखि ६ महिनासम्म कुर्नुपर्ने अवस्था छ। चाडपर्वका लागि कारको माग उच्च रहे पनि उत्पादन बढाउन नसक्ने अवस्था रहेको कार उत्पालदकहरुले बताउँदै आएका छन्। 

नेपालमा पनि माग अनुसारको कार आपूर्ति हुन सकेको छैन। नेपालमा आउने कार मध्ये करिब ८० प्रतिशत भारतमै उत्पादन भएका हुन्। त्यसैले दसैंअघि कार किन्न चाहेकाहरुले अहिलेसम्म पनि कार पाउन सकेका छैनन्। 


प्रकाशित : बिहीबार , कात्तिक १८ २०७८०६:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend