बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

‘ओभर इनभ्वाइसिङ’ गरेर विदेशी मुद्रा बाहिर पठाउनेविरुद्ध डन्डा चलाउँदै राष्ट्र बैंक

एलसीमा सुधार नगरे बैंकहरूलाई कारबाही गर्ने चेतावनी

images
बुधबार, जेठ २४ २०८०
images
‘ओभर इनभ्वाइसिङ’ गरेर विदेशी मुद्रा बाहिर पठाउनेविरुद्ध डन्डा चलाउँदै राष्ट्र बैंक
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले वस्तु तथा सेवाको आयातमा लागतभन्दा बढी मूल्य कायम (ओभर इनभ्वाइसिङ) गर्ने क्रम बढेको भन्दै सुधार नगरे बैंक तथा वित्तीय संस्थालाई नै कारबाही गर्ने चेतावनी दिएको छ।

images
images
images

राष्ट्र बैंकले अहिले ‘ओभर इनभ्वाइसिङ’ भइरहेको र यसमा बैंकबाट कडाइ नभएको सूचना आएको भन्दै यस्तो चेतावनी दिएको हो।

images
images

मंगलबार सोही विषयमा केन्द्रित रहेर राष्ट्र बैंकका उच्च अधिकारीहरूले बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरूसँग अन्तरक्रिया गरेका छन्। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्षहरूसँग याक एण्ड यति होटेलमा झन्डै पाँच घण्टा छलफल भएको थियो। 

images
images

विदेशबाट सामान आयात गर्दा एलसी खोल्ने क्रममा सामानको मूल्यभन्दा बढी मूल्य राखेर एलसी खोलिएको समेत भेटिएपछि बैंकले यस्तो कदम चालेको हो। 

यसरी बढी मूल्य राखेर समानको लागत भन्दा बढी विदेशी मुद्रा देश बाहिर जाने गरेको बारेमा राष्ट्र बैंकले छानबिनसमेत अघि बढाएको छ।

विगतदेखि नै यसरी केही व्यापारिक घरानाहरूले पैसा बाहिर पठाउने गरेको सूचनामा पनि राष्ट्र बैंकले निगरानी जारी राखेको छ। पछिल्लो समय यससम्बन्धी धेरै विषय विभिन्न क्षेत्रबाट जानकारीमा आएपछि राष्ट्र बैंकले छानबिन थालेको हो।

पहिलो चरणमा राष्ट्र बैंकले बैंकहरूमार्फत निरुत्साहित गर्ने र पछि सिधै एलसीका फाइलहरूमा समेत अध्ययन गर्ने तयारी थालेको छ। ‘तत्काल सुधार गर्न र सुधार नगरे यसमा ठूलो कारबाही गर्ने चेतावनी राष्ट्र बैंकले दिएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो। 

हाल सम्पति शुद्धीकरणको विषयमा नेपालको समग्र अवस्था जाँच भइरहेकोले यदि नेपाल 'ग्रे लिस्ट' मै परिहाले त्यस्तो अवस्थाको लागि पनि तयार रहन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरूलाई सचेत गराएको छ। 

छलफलमा राष्ट्र बैंकको तर्फबाट गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बमबहादुर मिश्र, नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल सहभागी थिए। 


प्रकाशित : बुधबार, जेठ २४ २०८००८:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend