शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

जीएम र फोर्ड बाहिरिए तर किया तेस्रो वर्षमै नाफामा, नेपालमा पनि छलाङ

शुक्रबार, कात्तिक १९ २०७८
जीएम र फोर्ड बाहिरिए तर किया तेस्रो वर्षमै नाफामा, नेपालमा पनि छलाङ

कियाले आर्थिक वर्ष २०२० को तुलनामा २०२१ म कार बिक्री ९० प्रतिशतले बढाएर १ लाख ९६ हजार पुर्‍याएको हो। सेल्टोस र सोनेटले कियाले भारतमा लगानी गरेको ४ वर्षको पुँजीगत लगानीको आधा हिस्सा पूर्ति गरेको छ। 

काठमाडौं- दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले भारतमा कार उत्पादन व्यवसाय सुरु गरेको तेस्रो वर्षमै नाफामा भएको छ। यसले सयमसापेक्ष उत्पादन बजारमा ल्याए बजार हिस्सा बढाउँदै जान सक्ने र नाफामा जाने पुष्टि कियाले गरेको छ। 

जुनसुकै कम्पनीले सही र समयानुकुल रणनीति बनाउँने हो भने भारत अझै पनि कार उत्पादकका लागि राम्रो बजार हुन सक्छ। किया इन्डियाले मार्च २०२१ मा सकिएको आर्थिक वर्षमा कर पछि १ हजार १ सय ११ करोड भारु नाफा गर्न सफल भएको छ।

जबकी किया २०२० मा ३ सय २९ करोड भारु घाटामा थियो। यो तथ्यांक कियाले कर्पोरेट मामिला मन्त्रालयमा पेस गरेको कागजातमा आधारिक भएको द इकोनोमिक टाइम्सले लेखेको छ। 

कोरोना महामारीकाबीच बितेको गएको आर्धिक वर्षमा कियाको कुल कारोबार ८७ प्रतिशतले बढेर २० हजार २ सय ९० करोड भारु भएको थियो। यो गएको वर्ष भारतको कुल प्यासेन्जर कार उद्योगको आम्दानीको अनुमानित रकमको १० प्रतिशत हो। 

कियाले आर्थिक वर्ष २०२० को तुलनामा २०२१ म कार बिक्री ९० प्रतिशतले बढाएर १ लाख ९६ हजार पुर्‍याएको हो। सेल्टोस र सोनेटले कियाले भारतमा लगानी गरेको ४ वर्षको पुँजीगत लगानीको आधा हिस्सा पूर्ति गरेको छ। 

कोभिड महामारी र त्यसका कारण भएको लकडाउनका बावजुत कियाले आर्थिक वर्ष २०२१ आम्दानी ८० प्रतिशतभन्दा बढी र सञ्चालन नाफाा ४ सय प्रतिशत बढाउन सफाल भएको हो। गएको वर्ष कियाको आम्दानी सर्वाधिक बिक्रेता मारुती सुजुकीको १० प्रतिशत बराबर र दोस्रो ठूलो बिक्रेता हुन्डाईको आधा बराबर हो। त्यस्तै खुद नाफा मारुतीको तुलनामा २६ प्रतिशत र हुन्डाईको तुलनामा १३ प्रतिशत हासिल गर्न सफल भएको छ। 

कियाको धेरै माग भएको सेल्टोस र सोनेटको बुकिङ ५० हजार वटाभन्दा बढी रहेको छ भने यी कार किन्न चाहनेले ३ महिनासम्म कुर्नुपर्ने अवस्था छ। कियाको विश्वव्यापी आम्दानीको हिस्सा २०१९ मा भारतीय बजारको ३.८ प्रतिशत थियो भने २०२० मा बढेर ५.८ प्रतिशत पुगेको हो। 

भारतको आन्द्र प्रदेशको अनन्तपुरमा कियोको कार उत्पादन प्लान्ट रहेको छ। सो प्लान्ट वार्षिक ३ लाख कार उत्पादन गर्ने क्षमता राख्छ। कियाले सोही प्लान्ट तेस्रो सिफ्ट राख्ने तयारी गरेको छ। कारको माग अनुसार नै कियाले कार उत्पादन क्षमता बढाउन लागेको हो।

तर भारतमा सवारी उत्पादन गरि बिक्री गर्दा सञ्चालन घाटा बेहोरेको भन्दै दुई अमेरिकी कार उत्पादक कम्पनी जनरल मोटर्स(जीएम) र फोर्ड मोटर बाहिरिएका हुन्। जीएम २०१७ मा बाहिरिएको हो भने फोर्डले अघिल्लो महिना भारतका दुई राज्य तामिलनाडू र गुजरातमा रहेको प्लान्ट बन्द गर्ने निर्णय गरेको थियो। यी दुबै कम्पनी सञ्चालन घाटामा भएको भन्दै बन्द गर्ने निर्णयमा पुगेका हुन्।  

कियाका कार पछिल्लो समय नेपाली बजारमा समेत उल्लेख्य रुपमा बढी रहेको छ। नेपाली बजारमा कियाका कार कन्टिनेन्टल ट्रेडिङले बिक्री गर्दै आएको छ। विगतमा कियाका स्पोर्टेज, पिकान्टो, रियो, सोरेन्टोलगायत कार बिक्री हुँदै आएको छ। 

विगतमा सीमिति मोडल भएको र उपभोक्ताको रोजाइमा पर्ने मोडल कम हुँदा कियाका कार निक्कै कम बिक्री हुन्थ्यो। तर कियाले भारतमा प्लान्ट स्थापना गरेर सेल्टोस र सोनेटजस्ता रोजाइका एसयूभी नेपाली बजारमा आएसँगै बिक्री संख्या उल्लेख्य बढेको छ। कियाकाे स्पाेर्टज कार नेपाली बजारमा राेजाइ मै पर्ने गरेकाे छ। तर याे कार महँगाे भएकाले यसका उपभाेक्ता सीमित छन्। 


प्रकाशित : शुक्रबार, कात्तिक १९ २०७८०५:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend