बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

स्थापित अभ्यासभित्रै आर्थिक विधेयक तयार भएको हो : अर्थ मन्त्रालय

images
सोमबार, जेठ २२ २०८०
images
स्थापित अभ्यासभित्रै आर्थिक विधेयक तयार भएको हो : अर्थ मन्त्रालय
images
images

काठमाडौं- आर्थिक विधेयक लेखनका क्रममा अनधिकृत व्यक्तिको प्रवेश नभएको अर्थ मन्त्रालयले प्रष्टीकरण दिएको छ। 

images
images
images

प्रचलित अभ्यास र परम्पराभित्रै रहेर विधेयक लेखन गरिएको मन्त्रालयले विज्ञप्ति मार्फत् प्रष्ट पारेको छ।

images
images

अनलाइन खबर टडकमले आजैमात्र करका दर परिवर्तनमा अनधिकृत व्यक्तिको संलग्नता भएको समाचार प्रकाशन गरेको थियो। 

images
images

'आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक तर्जुमामा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता रहेको छैन। बजेट तर्जुमा दिग्दर्शनले तोकेका पदाधिकारीको उपस्थितिमा मात्र छलफल गरी आर्थिक विधेयकलाई अख्तियार प्राप्त पदाधिकारीले अन्तिम रुप दिए पश्चात कम्प्यूटर टाइप, हार्मोनाइज्ड कोड मिलान तथा आर्थिक विधेयकको शुद्धासुद्धि परिक्षण गर्न आवश्यक कर्मचारी संलग्न गराई जिम्मेवारीपूर्वक तोकिएका कार्य गर्ने गराउने गरिएको हो। यो स्थापित अभ्यास हो' मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

समाचारमा नाम उल्लेख गरिएका रामकृष्ण श्रेष्ठ निजामती सेवामा लामो समय भन्सार विभागमा रहि आर्थिक विधेयकको मस्यौदा टाइप गर्ने काममा अनुभवी भएकाले भन्सार विभागमा करारमा राखेर काम लगाइएको मन्त्रालयले जानकारी दिएको छ।


प्रकाशित : सोमबार, जेठ २२ २०८०१६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend