शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

राष्ट्रपतिद्वारा ६ देशका आवासीय तथा गैरआवासीय नेपाली राजदूत नियुक्त

सोमबार, जेठ २२ २०८०
राष्ट्रपतिद्वारा ६ देशका आवासीय तथा गैरआवासीय नेपाली राजदूत नियुक्त

विभिन्न ६ देशका लागि तीन जनालाई आवासीय तथा गैरआवासीय नेपाली राजदूत नियुक्त गरिएको छ।

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम विभिन्न देशका लागि आवासीय नेपाली राजदूत तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन्।

राष्ट्रपति पौडेलले अष्ट्रेलियाका लागि कैलाशराज पोखरेल, ब्राजिलका लागि निर्मलराज काफ्ले र डेनमार्कका लागि प्रा डा रामस्वार्थ रायलाई आज आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयलले विज्ञप्तिमार्फत जनाएको छ।

साथै उल्लेखित राजदूतहरु क्रमशः पोखरेललाई पपुवा न्यूगिनी, काफ्लेलाई कोलम्बिया र रायलाई स्वीडेनको गैरआवासीय राजदूत नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ। रासस


प्रकाशित : सोमबार, जेठ २२ २०८०१२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend