शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

कोसी टप्पु वन्यजन्तु आरक्षको अर्नाले दर्जनौँ बिघामा धानबाली नष्ट गर्‍यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक १७ २०७८
कोसी टप्पु वन्यजन्तु आरक्षको अर्नाले दर्जनौँ बिघामा धानबाली नष्ट गर्‍यो

राजविराज- कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको अर्नाको एक समूहले सप्तरीको कञ्चनरुप नगरपालिका-४ का दर्जनौँ विघामा लगाइएको धानबाली नष्ट गरेको छ।

सो जङ्गली अर्नाको समूहले जिल्लाको कञ्चनरुप नगरपालिका-४ मा किसानले सयौं बिघामा लगाएको धानबाली नष्ट गरेको स्थानीयवासी किशोर पासवानले जानकारी दिए।

दैनिक १०/१५ वटा सङ्ख्यामा आउने गरेको अर्नाको समूहले स्थानीय छुतहर पासवानको पाँच कठ्ठा, चेत नारायण चौधरीको दुई कठ्ठा, मुसहरु पासवानको पाँच कठ्ठा, प्रभुलाल पासवानको पाँच कठ्ठा, रामगुलाम पासवानको तीन कठ्ठा खेतमा लगाइएको धानबाली कुल्चिएर नष्ट गरेको पासवानको भनाइ छ।

त्यस्तै रामअवतार पासवानको तीन कठ्ठा, मुन्नादेवी पासवानको दुई कठ्ठा, श्रीलाल पासवानको दुई कठ्ठा, रामप्रसाद मण्डलको चार कठ्ठा गरी दर्जनौं किसानले लगाएको धानबालीमा समेत जङ्गली अर्नाको समूहले खाएर क्षति गरेको पीडित किसानले बताएका छन्।

यसरी कडा मिहेनत र परिश्रम गरेर लगाइएको धानबालीमा हात्तीले आएर क्षति पुर्‍याएपछि किसान चिन्तित भएको स्थानीयवासीको भनाइ छ।

केही दिनयता सो क्षेत्रमा दैनिक कोसी टप्पु वन्यजन्तु आरक्षबाट अर्ना आएर आतङ्क मच्चाउँदा पनि स्थानीय प्रशासन मौन रहेको स्थानीयवासीले आरोप लगाउँदै आक्रोश व्यक्त गरेका छन्। रासस


प्रकाशित : बुधबार, कात्तिक १७ २०७८०७:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend