शनिबार, साउन १२ गते २०८१    
images
images
images

भरतपुर महानगरपालिकाले हटाउन थाल्यो अवैध संरचना

images
बिहीबार , जेठ १८ २०८०
images
images
भरतपुर महानगरपालिकाले हटाउन थाल्यो अवैध संरचना

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको २९ वटै वडामा अवैध संरचना हटाउन सुरु गरिएको बताइन्।

images

चितवन- भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन सुरुवात गरेको छ। भरतपुर-१ नारायणी नदी किनारबाट यस्ता संरचना हटाउन सुरु गरिएको हो।

images
images

अवैध संरचना हटाउने क्रममा आज नारायणी नदी किनारका ८ संरचना हटाउन लागिएको छ। यस्तै सोही क्षेत्रमा ३५ संघसंस्थाले अवैध संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको छ।

images

ती संरचनासमेत भत्काउनका लागि सूचना जारी गरिएको छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको २९ वटै वडामा अवैध संरचना हटाउने कार्य सुरु भएको बताइन्। मंसिरदेखि नै कानूनी प्रक्रिया सुरु गरिएको बताउँदै उनले अब सबै वडामा अवैध संरचना हटाउने काम सुरु गरिने बताइन्। महानगरभित्र २९ वडामा रहेका अवैध संरचना, सरकारी जग्गामा मापदण्ड विपरीतका अवैध संरचना एकिन गर्ने काम सकिएको उनले जानकारी दिइन्।

विभिन्न प्रक्रिया पूरा गरेर, नाप जाँच, घरधनीलाई पत्र दिने, सीमांकन गर्ने कार्य सकिएकाले अब भने संरक्षण गर्ने कार्यतर्फ महानगर लागेको हो। महानगरपालिकाभित्र अवैध संरचना व्यवस्थापन गर्न समिति गठन गरी क्रमिक रुपमा काम थालनी गरिएको छ। नारायणी नदी किनारमा रहेका अवैध संरचना हटाउन पटक-पटक सूचना जारी गरिएको थियो।

images

महानगरपालिकाले वडा अध्यक्षको संयोजकत्वमा अवैध संरचनाको व्यवस्थापन समिति गठन गरेको छ। सोही समितिले सबै वडामा काम गर्ने उनले बताइन्। सरकारी जग्गामा व्यवसाय, संघसंस्था रहेको तथ्यांक संकलनको काम सकिएको महानगरले जनाएको छ।

यस क्रममा पुगी खोला र केरुङ्गा खोला किनारमा बनेका मापदण्ड विपरीतका संरचनालाई हटाइने योजनामा महानगरको छ। सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएकाले यो अभियान निरन्तर रहने उपप्रमुख चित्रसेन अधिकारीले बताए। उनले नारायणी नदीलाई गोलाघाटसम्म संरक्षण गरिने बताए। रासस


प्रकाशित : बिहीबार , जेठ १८ २०८०१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend