शनिबार, साउन १२ गते २०८१    
images
images
images

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस उडानमा भारतले दियो सहमति

images
बिहीबार , जेठ १८ २०८०
images
images
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस उडानमा भारतले दियो सहमति
images

काठमाडौं- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आइएलएस उडान (यान्त्रिक अवतरण प्रणाली) मा भारतले सहमति दिएको छ।

images
images

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा भारतीय पक्षले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आइएलएस उडान तथा अवतरण कार्यविधिमा सहमति जनाएको हो। योसँगै अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस उडानको बाटो खुलेको छ।

images

आइएलएसमा भारतको सहमति नहुँदा गौतमबुद्धमा भीएफआर उडान मात्रै भइरहेको थियो। अब आइएलएस उडानसमेत हुनेछ। आइएलएस उडानमा भारतले सहमति नदिँदा मौसम अनकुल नहुँदा उडान हुन सकेको थिएन।

यान्त्रिक अवतरण प्रणाली न्यून भिजिबिलिटी भएको समयमा उडान/अवतरण गर्नका लागि उपयुक्त हुन्छ। यो प्रणालीका कार्यविधि नेपालले तयार पारेको थियो। यो कार्यविधिअनुसार जहाज अतवरण गर्दा भारतीय आकाश प्रयोग गर्नुपर्छ। यसमा भारतीय अनुमति चाहिन्छ। 

images

लामो समयदेखि नेपालले यस्तो अनुमति मागेपनि भारतले दिएको थिएन। यही अनुमति नहुँदा गएको हिउँदमा उडान प्रभावित भएको थियो। 

यो अनुमतिसँगै भैरहवामा ८५० मिटरसम्मको भिजिबिलिटिमा पनि जहाज अवतरण हुनसक्छ। 

भारत महेन्द्रनगर हवाई प्रवेश बिन्दुलाई दुईतर्फी बनाउने विषयमा पनि केही लचिलो भएको छ। प्रधानमन्त्रीको भारत भ्रमणमा भारतीय पक्षले महेन्द्रनगर हवाई प्रवेश बिन्दुमा केही सहजता गरिदिने गरी सकारात्मक धारणा राखेको हो।

भारतले गौतमबुद्ध र पोखरा विमानस्थलबाट भारतका नजिकका विमानस्थलमा उडान गर्न दिने विषयमा छलफल गरेर टुंगोमा पुर्‍याउने सहमति भएको छ।


प्रकाशित : बिहीबार , जेठ १८ २०८००९:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend