शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

दिल्लीबाट कुर्था-बिजलपुरा रेलमार्गको उद्घाटन

बिहीबार , जेठ १८ २०८०
दिल्लीबाट कुर्था-बिजलपुरा रेलमार्गको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेलमार्गको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

काठमाडौं- नेपाल र भारतका प्रधानमन्त्रीले कुर्था-बिजलपुरा रेलमार्गको उद्घाटन गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट स्वीच थिचेर रेलमार्गको उद्घाटन गरेका हुन्। प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेलमार्गको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

यसअघि पहिलो चरणमा कुर्थासम्म रेल सञ्चालनमा थियो। त्यसयता दोस्रो चरणमा आठ किलोमिटर रेलमार्ग निर्माण गरिएको छ।भारतको सहयोगमा निर्माण भएको रेलमार्गको उद्घाटन गरिएको हो।


प्रकाशित : बिहीबार , जेठ १८ २०८००७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend