शुक्रबार, फागुन २ गते २०८१    
शुक्रबार, फागुन २ २०८१
images
images

नबिल बैंककाे सेयरधनीलाई बम्पर लाभांश, बाेनस र नगद कति?

images
मंगलबार, कात्तिक १६ २०७८
images
images
नबिल बैंककाे सेयरधनीलाई बम्पर लाभांश, बाेनस र नगद कति?
images
images

काठमाडौ- नबिल बैंकले सेयरधनीलाई ३८ प्रतिशत लाभांश दिने भएको छ। बैंकको सञ्चालक समितिको बैठकले ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। 

images
images
images

सूचीकृत वाणिज्य बैंकहरूमध्ये सबैभन्दा महँगो नबिल बैंकको सेयर मूल्य बजार धेरै नै तल झर्दा पनि खासै घट्न सकेन। सेयर बजार ६/७ सय अंकले तल झर्दा पनि नबिलको सेयरले दोस्रो बजारका लगानीकर्तालाई आड दियो। कतिपय कम्पनीको सेयर १०० प्रतिशतभन्दा धेरैले घट्दा पनि नबिलको भने १३१ रुपैयाँले पनि घटेन।

images
images

गत आर्थिक वर्षमा बैंकको लाभांश वितरणयोग्य मुनाफा ४ अर्ब १४ करोड रुपैयाँ छ। विगत १० वर्षको लाभांश इतिहास हेर्ने हो भने बैंकले कुनै पनि वर्षमा ३० प्रतिशतभन्दा कम लाभांश दिएको पाइँदैन। अघिल्लो आर्थिक वर्षको मुनाफाबाट बैंकले ३५.२६ प्रतिशत लाभांश दिएको थियो। गत वर्ष बोनस सेयरलाई प्राथमिकता दिएको बैंकले यस वर्ष पनि बोनस सेयरलाई प्राथमिकता दिएको छ।

images
images
images

लाभांश दिन सक्ने क्षमता धेरै भएको भन्दै आकर्षण बढेको हो। साउनपछि मात्रै दोस्रो बजारमा नबिल बैंकको ९ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको छ। अझ केही दिनदेखि बैंकको सेयर अधिक कारोबार भइरहेको छ। 


प्रकाशित : मंगलबार, कात्तिक १६ २०७८१३:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend