शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

मगर संस्कृतिसँग जोडेर धौलागिरि क्षेत्रमा पर्यटन प्रवर्द्धन

images
images
images
मगर संस्कृतिसँग जोडेर धौलागिरि क्षेत्रमा पर्यटन प्रवर्द्धन

म्याग्दीको अन्नपूर्ण र मालिका गाउँपालिकाका प्रायः सबै गाउँ मगर बाहुल्य हुन्। यहाँ पुग्ने पर्यटकले मगर जातिको मौलिक संस्कृति, परम्परा, जीवनशैली, रहनसहन, वेशभूषा, भाषाको समेत अध्ययन गर्न पाउँछन्।

images
images

गलेश्वर- धौलागिरि क्षेत्रका म्याग्दी, बागलुङ र पर्वतमा बसोबास गर्ने मगर समुदायको संस्कृतिसँग जोडेर सरकारले मगर संस्कृति पर्यापर्यटन कार्यक्रममार्फत यस क्षेत्रको पर्यटन प्रवर्द्धन र विकासका योजना सञ्चालन गर्ने भएको छ।

images
images
images

संघीय सरकारले म्याग्दी, बागलुङ र पर्वतमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्ने भएको हो। अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत म्याग्दी, बागलुङ र पर्वतलाई समेटेर पर्यापर्यटन तथा मगर संस्कृति पर्यटन क्षेत्रका रुपमा विकास गर्न प्रोत्साहन गरिने जानकारी गराएका हुन्। 

images

म्याग्दीको अन्नपूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेर अन्नपूर्ण-धौलागिरि पर्यावरणीय पदमार्ग सञ्चालन हुँदै आएको छ। सरकारको घोषणापछि अधिकांश मगर समुदायको बसोबास रहेको यो पदमार्गमा बागलुङलाई पनि समेट्ने र मगर संस्कृतिसँग पर्यटनलाई जोड्ने अपेक्षा गरिएको छ।

images

म्याग्दीको अन्नपूर्ण र मालिका गाउँपालिकाका प्रायः सबै गाउँ मगर बाहुल्य हुन्। यहाँ पुग्ने पर्यटकले मगर जातिको मौलिक संस्कृति, परम्परा, जीवनशैली, रहनसहन, वेशभूषा, भाषाको समेत अध्ययन गर्न पाउँछन्।

images
images

अन्नपूर्ण, मालिका र धौलागिरि गाउँपालिकाका क्षेत्रमा लोभलाग्दा प्राकृतिक सम्पदा पर्यटकका लागि अर्को आकर्षण बन्नेछन्। धवलागिरि, अन्नपूर्ण, गुर्जा, नीलगिरि, पुठा लगायतका हिमाल म्याग्दीमा पर्छन्। गाउँमा घरबास शैलीका होटेल खुल्न थालेका छन्। यहाँका गाउँमा पुग्ने पर्यटकले स्थानीय कोदो, जौ, मकै, आलु आदिका परिकार खान पाउँछन्।

गाउँ वरपरका जडीबुटी, हिमशृङ्खला, झरना, नदी, ताल र जैविक विविधताले पर्यटकलाई लोभ्याउने मालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए। म्याग्दीमा बोलिने मगर ढुट र खाम मगर भाषा अरूभन्दा मौलिक रहेकाले भाषा विज्ञानका विद्यार्थीका लागि थप अध्ययन गर्न सकिने केवी एकेडेमी दरवाङका शिक्षक हिराबहादुर सिउथानी मगरको भनाइ छ।

जैविक विविधताका दृष्टिले म्याग्दीको मालिका, धवलागिरि र अन्नपूर्ण, बागलुङको ढोरपाटन र पर्वतको जलजला क्षेत्र निकै धनी ठाउँ हो। यहाँ वन लसुन, कटुकी, चुल्थे, रातो च्याउ, निर्मसी, विख्माजस्ता जडीबुटी आयआर्जनका स्रोत बनेका छन्। भेडा र घोडाका लागि यहाँका पाटनमा हुने बाक्लो तथा मसिनो बुकी घाँसले पर्यटकका लागि थप आकर्षण गराउँछ।

यहाँको अर्को आकर्षण भनेको माओवादी द्वन्द्वकालमा प्रयोग भएको गुरिल्ला ट्रेलका बारेमा पनि पर्यटकले अध्ययन गर्न पाउनु हो। यहाँका जंगल र खर्कमा माओवादी द्वन्द्वकालमा छापामार बस्ने गरेका आश्रयस्थल पनि पर्यटकले देख्न सक्छन्। 

म्याग्दीको सदरमुकाम बेनी, अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र डोल्पाको सदरमुकाम दुनै आक्रमणका घाइते छापामारलाई राखिएका गोठ, ओडार र जंगल अध्ययन गर्ने पर्यटकका लागि थप महत्वको विषय हुन सक्ने बताइन्छ। सदरमुकाम कब्जापश्चात् अपहरणमा परेका सरकारी अधिकारी, सेना र प्रहरीलाई सुरक्षित साथ बसाइएका घर अहिले पनि देख्न सकिन्छ। 

यस क्षेत्रलाई आदिम सांस्कृतिक थलोका रुपमा चिनिने स्थानीय बूढापाका बताउँछन्। यहाँको मुख्य भाषा मगर खाम हो। मगर खाम समुदायको जीवनशैली हिमाली संस्कृतिसँग मिल्दोजुल्दो छ। यस क्षेत्रमा पर्यटक रमाउने भनेकै हिमालको दृश्यावलोकन, जैविक विविधताको र मगर खाम भाषाको अध्ययन, पाटन, वनस्पति, जंगल, नदीनाला, तालतलैया तथा वन्यजन्तु हुन्।

मगर खाम गाउँका बासिन्दा सामूहिकतामा विश्वास गर्छन्। सामाजिक एकताबिना उनीहरु आफ्नो अस्तित्व स्वीकार्न नगर्ने संस्कार छ। मगर खामको गाउँमा समान संरचनामा घर निर्माण भएका हुन्छन्। गाउँमा खेतीपातीमा अर्मपर्मको सिद्धान्त र विकास निर्माणमा परम्परागत झाराप्रथा प्रचलित छ। यो नै मगर समुदायको सामाजिक विशेषता हो।

धवलागिरि क्षेत्रका मगर समुदायले लामो भाका र स्वर निकालेर गाइने गीतको भावमा डुबेर भाङ्ग्रा, कछाड, टोपीको पहिरनमा मादल भिरेर नाचेको पुर्ख्यौली नाचको दृश्य निकै रोचक हुन्छ। अझ मादलेसँगै जोडी भएर महिलाको भेषमा नाच्ने पुरुषले पुर्ख्यौली नाचमा रौनकता थपिन्छ। पुर्ख्यौली नाचमा सोरठी भाकामा गीत गाउनेको एक समूह हुन्छ भने मादल भिरेर नाच्नेलाई मादले र महिलाको भेषमा नाच्नेलाई मारुनी भनिन्छ। यस्तै, रोचक पक्ष र विशेषता भएकाले पर्यटक यो नाच देख्दा मक्ख पर्ने गरेका पुर्ख्यौली संरक्षण समिति काफलडाँडाका सचिव नरबहादुर पुर्जाले बताए।

पुर्ख्यौली नाचका लागि १२ पुरुष र सोरठी गाउन पनि त्यत्तिकै सङ्ख्यामा महिलाको आवश्यकता पर्छ। त्यसका साथै थाली नाच, मारुनी नाच, ख्याली नाच, भूमे नाचले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ। ‘रैथानेमा गर्व गरौँ’ भन्ने नाराका साथ परम्परागत र प्राकृतिक तथा पोषणयुक्त रैथाने खाद्यान्न बालीको बीउ संरक्षण गरी खेती विस्तारको नीति लिएको सरकारले पर्यापर्यटनलाई मगर संस्कृतिसँग जोडेर कार्यक्रम ल्याउने भएकामा यस क्षेत्रका मगर समुदाय खुसी भएका छन्। रासस

images

प्रकाशित : बुधबार, जेठ १७ २०८००७:३०

प्रतिक्रिया दिनुहोस