शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

यामाहा 'एफजेडएस भी-३ एक्स कनेक्ट' सार्वजनिक

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक १६ २०७८
यामाहा 'एफजेडएस भी-३ एक्स कनेक्ट' सार्वजनिक

याे माेटरसाइकलकाे ताैल १ सय ३५ केजीमात्र तौल रहेको छ। कम्पनीले नयाँ भर्सनमा साइड स्ट्यान्ड हटाएको छ।

काठमाडौं- यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले एफजेड यामाहाको एफजेडएसको नयाँ भर्सन सार्वजनिक गरेको छ। कम्पनीले सोमबार एफजेडएस भी-३ एक्स कनेक्ट मोडल सार्वजनिक गरेको हो। 

यामाहाको एफजेड सिरिजका मोटसाइकलको बिक्री उल्लेख्य रुपमा बढेको छ। त्यसैको परिणाम सोरुप कम्पनीले एफजेडएस भी-३ को नयाँ भर्सन नेपाल ल्याएको हो। यो मोटरसाइकल बीएस-६ इन्जिनयुक्त छ। 

कम्पनीका अनुसार यो मोटरसाइकलमा ब्लुटुथ फिचर कनेक्ट गरी विभिन्न सुविधा लिन सकिन्छ। यो मोटरसाइकलमा भएको ‘इ-लक’ प्रविधिले तपाईंले इ-लक प्याट्रन राख्नुभएको छ भने कसैले मोटरसाइकलको चाबीले मात्र मोटरसाइकल चलाउन सक्दैन। यसले मोटरसाइकल चोरी हुनबाट बचाउँ दाबी कम्पनीले गरेको छ। 

‘लोकेट माइ बाइक’ ब्लुटुथको अर्काे सुविधा छ। यो सुविधा मोबाइल एपमा क्लिक गरेमा मोटरसाइकलको इन्डिकेटर १० सेकेन्डम्म लगातार बल्ने छ। विशेषगरी यो विशेषताले चालकलाई भिड÷पार्किङमा रहेको आफ्नो मोटरसाइकल सजिलै चिनाउन मद्दत गर्छ। 

त्यसैगरी एफजेडएस भी-३ एफआईयुक्त नयाँ मोटरसाइकलमा ‘राइडिङ हिस्ट्री’ अर्को हेर्न सकिने सुविधा छ। यो विशेषता मार्फत आफूले गरेको हरेक यात्राको विवरण अभिलेख गर्न र हेर्न सकिन्छ। 

यसमा भएको पार्किङ रेकर्ड सुविधाले मोटरसाइकल धनीले आफू रहेको स्थानबाट पार्किङ स्थानको नक्सा समेत पाउन सकिने छ। सडकको सम्भावित दुर्घटना र खतराका बारेमा जानकारी गराउने विशेष सुविधा ‘हजार्ड’ यो मोटरसाइकलमा उपलब्ध रहेको छ। 

याे माेटरसाइकलकाे ताैल १ सय ३५ केजीमात्र तौल रहेको छ। कम्पनीले नयाँ भर्सनमा साइड स्ट्यान्ड हटाएको छ। यो मोटरसाइकलको बजार मूल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।


प्रकाशित : मंगलबार, कात्तिक १६ २०७८०७:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend