शुक्रबार, माघ २५ गते २०८१    
शुक्रबार, माघ २५ २०८१
images
images

अधिकांश लघुवित्त कम्पनीहरूको लाभांश घोषणा, कुनको कति?

images
मंगलबार, कात्तिक १६ २०७८
images
images
अधिकांश लघुवित्त कम्पनीहरूको लाभांश घोषणा, कुनको कति?

अधिकांश लघुवित्त कम्पनीहरुले गत वर्षको नाफाबाट दिने लाभांश घोषणा गरेका छन्। हालसम्मको घोषित लाभांश मध्ये सबैभन्दा बढी महिला लघुवित्तको देखिएको छ। यो लघुवित्तले ४७.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। 

images
images

काठमाडौं- अधिकांश लघुवित्त कम्पनीहरूले गत वर्षको नाफाबाट दिने लाभांश घोषणा गरेका छन्। हालसम्मको घोषित लाभांशमध्ये सबैभन्दा बढी महिला लघुवित्तको देखिएको छ। यो लघुवित्तले ४७.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। 

images
images
images

माहुली लघुवित्तले पनि लाभांश घोषणा गरेको छ। संस्थाको १ सय २०औं बैंठको निर्णयले २०७७/७८ को मुनाफाबाट २६ प्रतिशतले हुन आउने ५ करोड ८२ लाख २५ हजार ४ सय ४० रुपैयाँ प्रस्ताव  गरेको हो। 

images
images

आशा, साधना र स्वरोजगार लघुवित्तले समान २५ प्रतिशत बोनस सेयर घोषणा गरेका छन्। साधनाले १.३२ प्रतिशत नगद र आशाले १.३१ प्रतिशत नगद लाभांश घोषणा गरेका छन्। 

images
images
images

२० प्रतिशतभन्दा माथि लाभांश घोषणा गर्नेमा मिर्मिरे, डिप्रोक्स, सिभिल, मेरो माइक्रोफाइनान्स र नेरुडे लघुवित्त रहेका छन्। गुराँस लघुवित्तले १७.७९ प्रतिशत, आरएसडीसीले १०.५२ प्रतिशत र फर्स्ट माइक्रोफाइनान्सले १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेका छन्। हालसम्म सबैभन्दा कम एनआईसी एशिया लघुवित्तले ५.४१ नगद लाभांश मात्रै घोषणा गरेको छ।

आरएसडीसी लघुवित्तको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयर धनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको  छ।

समता घरेलु लघुवित्तले पनि लाभांश घोषणा गरेको छ। कम्पनीले २५ प्रतिशत लाभांश घोषणा सोमबार गरेको हो। कम्पनीले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांशको घोषणा गरेको हो।

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको असोज १७ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पुँजीको ३२ दशमलव ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ७० प्रतिशत नगद गरी कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

ग्लोबल आइएमई लघुवित्तको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पुँजीको २८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेका छ।

स्वावलम्बन लघुवित्तको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र  ६ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सबैको लघुवित्तको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीलाई चुक्ता पुँजीको ३१ दशमलव ०५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ६३ प्रतिशत नगद गरी कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद गरी कुल २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीले हालसम्म लाभांश प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छैन भने साधारसभाको मिति समेत तय गरेको भने छैन। 

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो। संस्थाले जनकपुर लघुवित्तलाई प्राप्ति गरी गत असोज २५ गतेदेखि एकिकृत कारोबार गरेको हुनाले बोनसमा कर लाग्दैन। 

फस्ट माइक्रोफाइनान्स लिमिटेड कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद गरी कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

डिप्रोक्स लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ०५३ प्रतिशत नगद गरी कुल २१ दशमलव ०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।


प्रकाशित : मंगलबार, कात्तिक १६ २०७८०१:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend