शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

सिभिल बैंकको सबै सूचकमा छलाङ, नाफासँगै प्रतिसेयर आम्दानी तीन गुणाले वृद्धि

images
सोमबार, कात्तिक १५ २०७८
images
सिभिल बैंकको सबै सूचकमा छलाङ, नाफासँगै प्रतिसेयर आम्दानी तीन गुणाले वृद्धि
images
images

काठमाडौं- सिभिल बैंकले तीन महिनाको नाफा २०१.८६ प्रतिशतले बढाएको छ। आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनाको विवरण अनुसार अधिकांश वित्तीय सूचकमा सुधार आएको छ। सिभिलले २९ करोड १८ लाख ४० हजार रुपैयाँ खुदा नाफा कमाएको छ। बैंकले गतवर्षको तीन महिनामा ९ करोड ६६ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

images
images
images

बैंकले खुद ब्याज आम्दानी र संचालन मुनाफामा उच्च वृद्धि हुँदा बैंकको खुद नाफा तेब्बरले बढेको हो। बैंकको खुद ब्याज आम्दानी ४२.८१ प्रतिशतले बढेर ७१ करोड ७ लाख रुपैयाँ पुगेको छ। यस्तै, संचालन नाफा तीन गुणाले बढेर ४२ करोड रुपैयाँ पुगेको छ।

images
images

८ अर्ब ६८ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ५२ करोड रुपैयाँ र रिटेन्ड अर्निङमा ९१ करोड ९७ लाख रुपैयाँ संचित छ। असोज मसान्तसम्ममा बैंकले ९२ अर्ब ७३ निक्षेप संकलन गरी ८१ अर्ब ९२ रुपैयाँ कर्जा लगानी गरेको छ। 

images
images

खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि तीन गुणाले बढेको छ। समीक्षा अवधिमा सिभिलको प्रतिसेयर आम्दानी ४.८३ रुपैयाँबाट बढेर १३.५१ रुपैयाँ पुगेको छ।


प्रकाशित : सोमबार, कात्तिक १५ २०७८०८:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend