बिहीबार , फागुन ८ गते २०८१    
बिहीबार , फागुन ८ २०८१
images
images

'अर्थतन्त्र गम्भीर मोडमा पुगेको छ, हामी अनुदानमा राष्ट्रवाद खोजिरहेका छौँ'

images
सोमबार, कात्तिक १५ २०७८
images
images
'अर्थतन्त्र गम्भीर मोडमा पुगेको छ, हामी अनुदानमा राष्ट्रवाद खोजिरहेका छौँ'

'तीन महिनासम्म एउटा पनि अनुदान आएको छैन। सरकारी स्रोत पनि राम्रो छैन। यो अझै खराब हुने लक्षण छ। तर हामी एमसीसीजस्ता अनुदानमा राष्ट्रवाद खोजिरहेका छौँ'

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाली अर्थतन्त्र सुविधाजनक अवस्थामा नरहेको बताएका छन्।

images
images
images

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै गोल्छाले आयात बढ्दै गएको, देशभित्र पैसाको अभाव देखिएकाले आर्थिक विस्तार हुनै नसक्ने अवस्थामा पुगेको बताए। 

images
images

'बैंकसँग ऋण दिने पैसा छैन, जति छ त्यो ऋण महँगो भएको छ, महँगो ऋणले आर्थिक सामाजिक क्षेत्रमा चक्रीय असर पार्छ' उनले भने।

images
images
images

कोरोनाबाट उठ्दै गरेको अर्थतन्त्रले ठूलो स्रोत खोजे पनि रेमिट्यान्स घटेको, सरकारले पुँजीगत खर्च गर्न नसकेकाले समस्या अझ बिकराल हुँदै गएको उनले बताए।

'तीन महिनासम्म एउटा पनि अनुदान आएको छैन। सरकारी स्रोत पनि राम्रो छैन। यो अझै खराब हुने लक्षण छ। तर हामी एमसीसीजस्ता अनुदानमा राष्ट्रवाद खोजिरहेका छौँ' उनले भने।


प्रकाशित : सोमबार, कात्तिक १५ २०७८०७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend