बिहीबार , फागुन ८ गते २०८१    
बिहीबार , फागुन ८ २०८१
images
images

'कर्जा प्रवाह अत्याधिक भयो, अब सोच्ने बेला आयो'

images
सोमबार, कात्तिक १५ २०७८
images
images
'कर्जा प्रवाह अत्याधिक भयो, अब सोच्ने बेला आयो'
images
images

काठमाडौं- नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले कर्जा प्रवाह अत्याधिक भएकोले सोच्नुपर्ने बेला आएको बताएका छन्। दाहालका अनुसार तीन महिना १२ दिन ३ खर्ब ४७ अर्ब कर्जा प्रवाह हुँदा निक्षेप ७० अर्ब मात्रै संकलन भएको छ।

images
images
images

तीन महिनको अवधीमा उक्त कर्जा प्रवाह भएकोले आयातसँग जोडिने ऋण प्रवाहको विषयमा राष्ट्र बैंकले नयाँ नीति ल्याउनुपर्नेमा समेत दाहालले जोड दिएका छन्।

images
images

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै दाहालले कोभिड १९ पछि अर्थतन्त्र चलायमान भएसँगै कर्जा प्रवाह अत्याधिक बढेको बताए। गत वर्ष ९ खर्ब एक अर्बको कर्जा प्रवाह भएको थियो। तर विगतका वर्षहरूमा ४ देखि ५ खर्ब मात्रै कर्जा प्रवाह हुने गरेको थियो।

images
images
images

एकल अंकमा ब्याजदर आएको कारणले पनि कर्जा प्रवाह बढेको दाहाल बताउँछन्। विगतका वर्षहरूमा डिपोजिट १ सय देखि २ सय अर्बसम्म बढेको थियो।

अहिले सिडी रेसियो झन्डै ९० प्रतिशतमा पुगेको समेत दाहालले बताए। उनले व्यापार घाटा बढेको तर सरकारको ढुकुटीबाट ४० अर्ब रुपैयाँ बजारमा परिचालन नहुँदा समेत समस्या आएको बताए। कर्जा प्रभावमा केही सोच्नु पर्ने बेला आएको उनको भनाइ छ।


प्रकाशित : सोमबार, कात्तिक १५ २०७८०७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend