शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

तीन सडक खण्डबाट ८२ करोड सडक दस्तुर उठाउन सडक बोर्डको टेन्डर

मंगलबार, कात्तिक १६ २०७८
तीन सडक खण्डबाट ८२ करोड सडक दस्तुर उठाउन सडक बोर्डको टेन्डर

बोर्डले पूर्वपश्चिम राजमार्गको हेटौंडा-नारायणगढ खन्ड, बीपी राजमार्गको धुलिखेल-खुर्कोट र खुर्कोट-सिन्धुली-बर्दिवास खन्डका लागि टेन्डर आह्वान गरेको हो। 

काठमाडौं- सडक बोर्ड नेपालले विभिन्न तीन स्थानमा ८२ करोड रुपैयाँ भन्दा बढीको सडक दस्तुर संकलन गर्न टेण्डर आह्वान गरेको छ। बोर्डले पूर्वपश्चिम राजमार्गको हेटौंडा-नारायणगढ खन्ड, बीपी राजमार्गको धुलिखेल-खुर्कोट र खुर्कोट-सिन्धुली-बर्दिवास खन्डका लागि टेण्डर आह्वान गरेको हो। 

बोर्डले हेटौंडा-नारायणगढ खन्डा लागि भ्याट सहित ४७ करोड ६३ लाख ६४ हजार १ सय रुपैयाँ, धुलिखेल–खुर्कोट खन्डका लागि २२ करोड २३ लाख ४७ हजार ५ सय रुपैयाँ र खुर्कोट-सिन्धुली-बर्दिवास खन्डका लागि ११ करोड ६ हजार ९२ लाख ९ सय रुपैयाँ अनुमानित रकमको टेण्डर निकालेको हो। सबै खन्डका लागि बिड सेक्युरिट रकम लागन अनुमान बराबर नै राख्नु पर्ने व्यवस्था बोर्डले गरेको छ। 

हेटौंडा-नारायणगढ खन्डा र धुलिखेल-खुर्कोट खन्डका लागि २०७८ माघ १ देखि २०८० पुस ९ सम्म, र  खुर्कोट-सिन्धुली-बर्दिवास खन्डका २०७८ पुस ६ देखि २०८० पुस ५ सम्म सडक कर उठाउन पाउने बोर्डले निकालेको टेण्डरमा उल्लेख छ। 


प्रकाशित : मंगलबार, कात्तिक १६ २०७८०२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend