बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

वित्तीय प्रणालीमा ५४ खर्ब ८४ अर्ब निक्षेप, ऋण लगानीभन्दा उठाउने नीतिमा बैंकर्स

साउनपछि ब्याजदरसँगै प्रणाली लयमा फर्कने प्रक्षेपण

images
शुक्रबार, जेठ ५ २०८०
images
वित्तीय प्रणालीमा ५४ खर्ब ८४ अर्ब निक्षेप, ऋण लगानीभन्दा उठाउने नीतिमा बैंकर्स
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार बेलुकासम्म वित्तीय प्रणालीमा ५४ खर्ब ८४ अर्ब निक्षेप पुगेको छ। बढ्ने क्रममा रहेकोले केही दिनमै ५५ खर्ब निक्षेप पुग्नेछ। यता ऋण लगानी ४८ खर्ब ४५ अर्ब पुगेको छ।

images
images
images

वाणिज्य बैंकहरूको निक्षेपमात्रै ४८ खर्ब ३४ अर्ब पुगेको छ भने ऋण प्रवाह ४२ खर्ब ९४ अर्ब पुगेको छ। सीडी रेसियो ८४.९८ प्रतिशतमा झरेको छ। योसँगै वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिएको छ। बैंकहरूले असार मसान्तसम्म ऋण प्रवाहभन्दा पनि ऋण उठाउने नीति लिएसँगै सीडी रेसियो घटेको हो। बैंकहरू अहिले नै झन्डै ३ खर्ब ऋण प्रवाह गर्न सक्ने अवस्थामा रहेका छन्। 

images
images

बैंकर्सहरूले साउनपछि धेरै विषय उत्साहपूर्ण हुने बताउँदै आएका छन्। साउनपछि निक्षेप र ऋणको ब्याजदर पनि घट्ने अनुमान गरिएको छ। अहिले पनि घटेको र साउनपछि धेरै ब्याजदर घट्ने प्रक्षेपण बैंकर्सहरूले गरेका छन्। 

images
images

बैशाख महिनामा ३० अर्ब निक्षेप थपिएको थियो। नेपाल राष्ट्र बैंकका अनुसार बैशाख मसान्तसम्म निक्षेप ५४ खर्ब ७९ अर्ब पुगेको थियो। गत चैत मसान्तसम्म निक्षेप ५४ खर्ब ४९ अर्ब रहेको थियो। चैतमा ४९ अर्ब थपिएकोमा बैशाखमा ३० अर्ब मात्रै थपिएको हो। 

बैशाख महिनामा ऋण लगानी १९ अर्बमात्रै भएको छ। चैत महिनामा १७ अर्ब ऋण परिचालन भएको थियो। बैशाख मसान्तसम्म ४८ खर्ब ४८ अर्ब ऋण प्रवाह पुगेको छ। चैत मसान्तसम्म ४८ खर्ब २९ अर्ब पुगेको थियो। यता सीडी रेसियोमा पनि व्यापक सुधार देखिएको छ। गत चैत मसान्तसम्म ८५.३५ प्रतिशत रहेको रेसियो बैशाख मसान्तसम्म ८५.०४ प्रतिशतमा झरेको छ।  साउनमा ८८ प्रतिशतसम्म पुगेको सीडी रेसियो अहिले घटेर ८५.०४ प्रतिशतमा आएको छ।

यसले बैंकहरूले झन्डै ३ खर्ब लगानी सक्ने अवस्थामा रहेका छन्। साउनमा ८८.५० प्रतिशत सम्म पुगेको थियो। भने धेरै बैंकहरूलाई नेपाल राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको सीमा राख्न हम्मे हम्मे परेको थियो। यता अन्तर बैंक ब्याजदर ७ प्रतिशतमा झरेको छ। 

गत साउन महिनामा १ खर्ब ८ अर्बले घटेको निक्षेप त्यसयता लगातार बढिरहेको छ। तथ्यांकअनुसार भदौमा ५२ खर्ब, असोजमा ६२ अर्ब, कात्तिकमा १६ अर्ब, मंसिरमा ५७ अर्ब, पुसमा ९५ अर्ब, माघमा २५ अर्ब र फागुनमा ३२ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो। चैत ४९ अर्ब निक्षेप थपिएकोमा बैशाखमा ३० अर्ब थपिएको हो। 

बैंक तथा वित्तीय संस्थाहरूले जेठमा पुरानै ब्याजदरलाई निरन्तरता दिएर सार्वजनिक गरेका छन्। जेठ १ गतेबाट लागु हुने ब्याजदरमा पुरानै दरलाई निरन्तरता दिएका हुन्। नेपाल बैंकर्स संघले पनि जेठ महिनामा बचतको ब्याजदरलाई स्थिर राख्ने निर्णय गरेको थियो। 

वाणिज्य बैंकहरूले साधारण मुद्दतीको ब्याजदर ९.९९ प्रतिशत राखेका छन्। बचतको ब्याजदर ५.४ देखि ७ प्रतिशतसम्म कायम गरेका छन्। केही बैंकले बचतको सबै ब्याजदर ७ प्रतिशत पनि कायम गरेका छन्।

नेपाल बैंकर्स संघको अध्यक्ष सुनिल केसीले निक्षेपको ब्याजदर स्थिर भएपनि ऋणको ब्याजदर घटेको बताए। ‘अहिले ऋणीहरूलाई राहत हुँदै गएको छ, ब्याजदर आफै घट्दै जाने विषय हो,’ केसीले भने। संसार भर ब्याजदर बढेको समयमा नेपालमा फरक नहुने तर भिन्नता खोज्दा समस्या आएको समेत अध्यक्ष केसीले बताए। 

नेपाल राष्ट्र बैंकको नियमअनुसार वैशाख मसान्तका दिन बैंक तथा वित्तीय संस्थाहरूले जेठको ब्याजदर प्रकाशित गरेका हुन्। नेपाल राष्ट्र बैंकले बैंक दर १ प्रतिशत बिन्दुले घटाएर साढे ७ प्रतिशतमा झारेको छ। शुक्रबार जारी मौद्रिक समीक्षाले बैंक दर घटाउने घोषणा गरेको हो। यसले बैंकहरूलाई ब्याज कम गर्न संकेत गर्छ।

वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशतसम्म पुगेको थियो। बैंकिङ प्रणालीमा तरलता कम हुँदै गएपछि निक्षेपकर्तालाई आकर्षित गर्न बैंकहरूले ब्याजदर बढाएका थिए। गत माघमा ब्याजदर घटाएर ११ प्रतिशतमा झारिएको थियो। त्यसपछि वैशाखदेखि ९.९९ प्रतिशतमा झारिएको थियो।


प्रकाशित : शुक्रबार, जेठ ५ २०८००४:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend