शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

अर्थतन्त्र चौतर्फी दबाबमा छ, सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री 

बिहीबार , जेठ ४ २०८०
अर्थतन्त्र चौतर्फी दबाबमा छ, सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री 

राजस्व चुहावट रोक्नेदेखि लिएर फजुल खर्च नियन्त्रणसम्मका काम सरकारले अहिले गरिरहेको प्रचण्डको भनाइ छ। 

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्थतन्त्रमा चौतर्फी दबाब रहेको बताएका छन्। 

प्रतिनिधिसभामा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी हुँदै उनले दबाबका कारण प्रभावित भएको अर्थतन्त्रलाई सामान्य बनाउनका लागि सरकारले प्रयास गरिरहेको बताएका हुन्। 

आम्दानी घटिरहेको सन्दर्भमा सार्वजनिक खर्च तथा अनिवार्य दायित्व भुक्तानीका सम्बन्धमा सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिँदै उनले सरकारले वित्त, मौद्रिक तथा अन्य नीतिगत तहबाट आर्थिक समस्या समाधानका लागि सरकारले काम गरिरहेको बताएका छन्। 

राजस्व चुहावट रोक्नेदेखि लिएर फजुल खर्च नियन्त्रणसम्मका काम सरकारले अहिले गरिरहेको प्रचण्डको भनाइ छ। 

सरकारले पछिल्लो समय प्रदेश तथा स्थानीय सरकारमा जाने समानीकरण अनुदान कटौतिका बारेमा सोधेको प्रश्नमा जवाफ दिँदै प्रचण्डले आम्दानी अनुसारको वित्तीय बाँडफाँट गर्ने कानूनी तथा संवैधानिक व्यवस्थाबाट सरकार विचलित नहुने बताए। 

 


प्रकाशित : बिहीबार , जेठ ४ २०८००८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend