शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको प्रमाणित भए जेल जान तयार छु : प्रधानमन्त्री

बिहीबार , जेठ ४ २०८०
क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको प्रमाणित भए जेल जान तयार छु : प्रधानमन्त्री

क्यान्टोन्मेन्टको विषयमा कसैले उजुरी गरेर छानबिन गरे जेल जान तयार रहेको उनले बताए।

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी लडाकुलाई राखिएको क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप कपोलकल्पित र पूर्वाग्रहीपूर्ण रहेको दाबी गरेका छन्।

यस विषयमा कसैले उजुरी गरेर छानबिन गरे जेल जान तयार रहेको उनले घोषणा गरे। प्रधानमन्त्री दाहालले संसद्‌मा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा क्यान्टोनमेन्टमा छानबिन गरेर दोषी प्रमाणित गर्न चुनौती दिएका हुन्। 

क्यानोन्टमेन्टमा रहेका लडाकुलाई दिएको रकमको सबैको रेकर्ड भएको उनले दाबी गरे। राज्यबाट दिएको रकम अडिट भएर टुंगो लागेको विषय पटकपटक ल्याइएर राजनीतिकरण गर्न खोजेको आरोप उनले लगाए।

भ्रष्टाचारका सबै मुद्दा छानबिन गर्न आफूहरू तयार रहेको उनले स्पष्ट पारे। तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले समेत रुजु गरेको प्रधानमन्त्री दाहालले बताए।  


प्रकाशित : बिहीबार , जेठ ४ २०८००७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend